Erani Mahal
चिटिक्क बन्दै 'पाल्पा दरबार संग्राहलय' परिसर
83193528_1631398340356897_2965213367817469952_n

पाल्पा – ५ नं. प्रदेश सरकारले पाल्पा दरबार संग्राहलय व्यवस्थित गर्दै लगेको छ । ५ नं. प्रदेशकै नमूना संग्राहलय निर्माण गर्ने उद्देश्यले प्रदेश सरकारले दरबारभित्र संग्राहलयमा ऐतिहासिक कला, सभ्यता र संस्कृति झल्कने सामग्रीहरु थप गर्दै लगेको छ ।

यस्तै दरबारबाहिरको परिसर समेत हराभरा र नमूना बनेको छ । पाल्पा दरबार संग्राहलयबाहिर अहिले दूबो रोप्ने कार्य सकिएको छ भने रंगरोगन गरेर चिटिक्क पार्ने काम भईरहेको छ । दरबार संग्राहलयलाई व्यवस्थित गर्दै लगेपछि यहाँ आउने पर्यटक समेत बढेका छन् ।

पछिल्लो समय दिनहुँ दुई सय बढी आन्तरिक र बाह्य पर्यटक दरबार संग्राहलयमा आउने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update