Erani Mahal
'पाल्पा महोत्सव-२०७६' को तयारी तीव्र
84498991_2693801417381929_3081660256313409536_o

पाल्पा - आगामी फागुन १ गतेदेखि १० गतेसम्म हुन लागेकाे पाल्पा महोत्सव २०७६ को तयारी तीब्र रुपमा चलिरहेको आयोजक व्यापार संघले जनाएको छ । महाेत्सव आयाेजना स्थल दमकडामा औपचारिक रुपमा सचिवालय आरम्भ गर्दै तयारी तीब्र रुपमा अगाडि बढेको आयोजकले जनाएको हो ।

सचिवालयको उद्घाटन गर्दै तानसेन नगरप्रमुख असोककुमार शाहीले महोत्सव सफल बनाउन सवै व्यापारी र सरोकारवालाहरु एकजुट भएर स्थानिय उत्पादनलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो । नगरप्रमुख शाहीले कृषि उत्पादनको मुख्य क्षेत्र मदनपोखरामा महोत्सव सञ्चालन हुनु खुशीको कुरा भएको भन्दै मेलामा स्थानिय र घरायसी आवश्यकताका वस्तु सुलभ मुल्यमा विक्रीवितरण गरि सबैको अपनत्व महसुस हुने गरि मेला सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

तस्विर : विजयकुमार बाैडेलबाट ।

महाेत्सवमा पाल्पामा उत्पादन हुने वस्तुको प्रवर्द्धन गर्नुपर्ने नगरप्रमुख शाहीको भनाई थियो । तानसेन नगरउपप्रमुख लक्ष्मी पाठकले स्थानिय उत्पादनलाई बढावा दिने खालका यस्ता मेलालाई स्थानिय तहले सक्दो सहयोग गर्ने बताउनुभयो । उपप्रमुख पाठकले मेला कृषक, उद्योगी र व्यापारीहरुको व्यापार स्थल संगै संस्कृती र परम्पराको जगेर्ना समेत गर्ने स्थल बन्न सक्नुपर्ने बताउनुभयो ।

मूल आयोजक समितिका संयोजक तथा व्यापार संघ पाल्पाका अध्यक्ष चिरञ्जीवी पोखरेलले पाल्पालीको पहिचानको रुपमा महोत्सव सञ्चालन गर्न लागिएको बताउनुभयो । संयोजक पोखरेलले ग्रामिण क्षेत्रमा आयोजना गर्न लागिएको यो महोत्सव अरु भन्दा भिन्न भएको भन्दै सरोकारवाला सबैलाई सहभागी हुन अनुरोध गर्नुभयो । मेला यही फागुन १ गतेदेखी ११ गते सम्म दमकडा खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update