Erani Mahal
बगनासकालीमा पत्रकारिता तालिम सम्पन्न
82791281_2777581692303743_5681518236777054208_n

पाल्पा - आदिवासी जनजाति समन्वय समिति बगनासकाली गाउँपालिकाको आयोजना र बगनाकाली गाउँपालिका कार्यालयको सहयोगमा आदिवासी जनजाति युवाहरुका लागि सञ्चालित ३ दिने आधारभुत पत्रकारिता अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

तालिम समापन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउँपालिका भित्रका लुकेर रहेका ऐतिहासिक तथा सामाजिक बिषयहरुलाई उठान गर्न आग्रह गर्नुभयो । अध्यक्ष बस्यालले पत्रकारिता क्षेत्र र स्थानीय सरकारको समन्वयकारी भूमिकाकै कारण बगनासकालीको बिकासमा सहज भएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले तालिमका माध्यमबाट आर्जन गरेको सिप ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिममा प्रमुख प्रशिक्षक श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले आदिवासी जनजाति समुदायका आर्थिक, सामाजिक साँस्कृतिक अधिकार र उनीहरुका सवाललाई उठाउन सहभागीहरुलाई आग्रह गर्नुभयो ।

चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा यस पालिका भित्रका आदिवासी जनजाति युवाहरु पछाडि परेकोले उनीहरुलाई पनि यो पेशामा आकर्षित गराउनका लागि यो तालिमको आयोजना गरिएको आदिवासी जनजाति समन्वय समिति बगनासकालीका संयोजक टिकाबहादुर थापाले बताउनुभयो । तालिमकी सहभागि उर्मिला कुवरले तालिमले आफूमा मात्रै नभएर सहभागी सबै साथीहरुको नेतृत्व बिकास भएको बताउनुभयो ।

उक्त तालिममा श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, गोरखापत्रका पाल्पा समाचारदाता रेखीराम राना, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, रेडियो कुटुम्बका स्टेशन म्यानेजर नारन न्यौपाने, नागरिक दैनिकका मुक्ति प्रसाद न्यौपाने, मेचीकाली दैनिकका नेत्र गैरे, पाल्पा आवाज पत्रिकाका दयाराज न्यौपाने लगायतले सहजीकरण गर्नुभएको थियो । तालिममा बगनासकाली गाउँपालिका भित्रका ९ वटा वडाका जनजाति समुदायका ३१ जना युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update