Erani Mahal
प्रभात माविका २ सय विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण
84083998_1042213832779432_8737236877737721856_n

पाल्पा – रिब्दीकोट गाउँपालिका–७, मैनादीस्थित प्रभात माविका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ । प्रभु बैंकको सहयोगमा उक्त विद्यालयका दुई सय विद्यार्थीहरुलाई न्यानो ट्रयाकसुट ज्याकेट वितरण गरिएको हो ।

बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गनुपर्ने जिम्मेवारी अन्तर्गत यहाँका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । बैंकका प्रदेश प्रमुख प्रादेशिक व्यापार अधिकृत सुनिल रानाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, छात्रवृत्ति, दैवीप्रकोट पीडितलाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रभात माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरले जाडो समयमा कष्टका साथ अध्ययन गर्न आउने विद्यार्थीलाई सहज भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक जनक आचार्यले बढ्दो बसाईसराई, घट्दो जनसंख्या, रोजगारीको कमीका कारण विद्यालयमा विद्यार्थीहरु घट्दै गएको बताउनुभयो ।

प्रभु बैंकका पाल्पा शाखा प्रबन्धक गणेश कंडेलले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा (ट्राक सुट ज्याकेट) वितरण गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update