Erani Mahal
रामपुरमा हाेटलबाट बरामद् गरिएकाे घरेलु मदिरा नष्ट
82830638_478081673143201_7878495915370086400_n

पाल्पा – जिल्लाको रामपुरमा अबैध रुपमा बिक्री गर्न राखिएको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । रामपुर–२, किर्तिपुर र वडा नं. ३ को रजघराका विभिन्न होटलमा बिक्रीका लागि राखिएको घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

तस्विर स्राेत : जिप्रका, पाल्पा ।


केलादी प्रहरी चौकी पाल्पाले अबैध रुपमा बरामद गरेको १२२ लिटर घरेलु मदिरा नष्ट गरेको जनाएको छ । प्रहरी चौकी केलाद्रीका प्रमु्ख प्रहरी सहायक निरीक्षक जंगप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले मदिरा बरामद गरेको हो । बरामद गरिएको मदिरा स्थानीय भद्रभलादमी, जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update