Erani Mahal
रामपुरमा नसर्ने रोगबारे अभिमुखीकरण
82432380_490941618522885_6669418185814441984_n

पाल्पा- नेपालमा नसर्ने रोगको अबस्था र निराकरण गर्ने उपायबारे अभिमुखीकरण कार्यक्रम रामपुरमा भएको छ।

रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिघी, कर्मचारी, पत्रकार र सरोकारवाला सस्थाका प्रतिनिधि सहभागी थिए ।

रामपुर अस्पतालका डा. बिजय परियारले विश्व संगै नेपालमा नसर्ने रोगको अबस्था, कारण, उपचार र ध्यान दिनुपर्ने विषयमा जानकारी दिदै स्वस्थ्य जीवनका लागि सदैव चनाखो हुनुपर्ने बताउनुभयो । नसर्ने रोग निम्तने प्रमुख कारण मानिसको जीवनशैली भएको बताउदै डा. परियारले अत्यधिक धुम्रपान मद्यपान, अल्छिपना, व्यायाम नगर्नु, खानपान कारक तत्व रहेको उल्लेख गर्नुभयो ।

नेपालमा उच्च रक्तचाप, मधुमेह,दम, क्यान्सर जस्ता रोग ह्वात्तै बढ्नुको मुख्य कारण मानिसको हेलचेक्र्याइ भएकोले यसमा अहिले देखिनै चनाखो भइ नियमित जाछ गर्न सुझाव दिनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मानिसकै खानपान र लापरवाहीबाट नसर्ने रोग निम्तने हुदा स्वस्थ र लाभदायक खानामा जोडदिनुपर्ने बताउनुभयो । उहाँले स्थानिय र प्रदेश सरकारको समन्वयमा स्वास्थ्य सचेतना सम्बन्धी नियमित कार्यक्रम चलिरहेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नसर्ने रोगबारे ज्ञान भएकाले घरपरिवार र अरु समाजलाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुंगानाले केही समय पश्चात् नगरपालिकाले बृद्धहरुका लागि घरदैलो कार्यक्रम गरि स्वास्थ्य जाच गर्ने तयारी गरेको जानकारी दिनुभयो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा संयोजक ढुंगानाले गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update