Erani Mahal
कालीगण्डकी क्षेत्रमा पर्यटक भित्र्याउन  महोत्सवको तयारीमा रामपुर नगरपालिका
78161754_515734865949580_5927131044019961856_n

पाल्पा- पर्यटन वर्ष २०२० लाई सफल बनाउदै पाल्पाको रामपुर र कालीगण्डकी उपत्यकाको पर्यटन विकासको लागि रामपुरमा पर्यटन महोत्सवको आयोजना गरिएको छ ।

आगामी फागुन २४ देखि साताव्यापी रुपमा तयारी गरिएको पर्यटन महोत्सवमा बाहुनडाडाबाट प्याराग्लाइडिङ,कालीगण्डकीमा र्‍याफि्टङ र विभिन्न समुदायको कला सस्कृति झल्किने झाकि प्रदर्शन गरिने रामपुर नगर पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष तथा नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

फाइल फाेटाे ।

पर्यटनको नारा सदा आत्मसाथ गर्दै पर्यटन सम्बन्धी विविध कार्यक्रम यस क्षेत्रका नगरपालिका र गाउपालिका मिलेर गर्दै आइरहेका छौ,अब पर्यटन भ्रमण वर्षलाई लक्षित गरि नगर कार्यपालिका बैठकबाट कार्यक्रम तय गरेर नै लागेका हौ थापाले भन्नुभयो ।

प्याराग्लाइडिङ र र्‍याफि्टङको सफल परिक्षण गरिसकिएको बताउदै उहाँले व्यवसायिक रुपमा अगाडि बढाउन महोत्सवले भुमिका खेल्ने उहाँले बताउनुभयो । रामपुर नगरको धार्मिक,पर्यटकीय स्थल, कला धर्म सस्कृती, भेषभुषा समेटिएको नगर चिनारी भिडियो क्लिप पाल्पाली समाज पोखरा र काठमाडौ संग समन्वय गरि देशका पर्यटकीय शहरमा प्रर्दशन गर्ने थापाले बताउनुभयो ।


रामपुर नगरपालिकाका नगर प्रमुख एवं रामपुर नगर पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकले प्रदेश न.५ र ४ का कालीगण्डकी उपत्यकाका पालिकाहरु संग समन्वय गर्ने, नगर पर्यटन प्रवर्द्धन कार्यविधि तयार गर्ने निर्णय गरेको छ ।

बैठकले देवराज देवकोटा संयोजक रहेको ३ सदस्यीय कार्यविधि तयार उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा उमानाथ अर्याल र पवित्रा पौडेल ढकाल रहेका छन् । त्यस्तै बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा ५ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा रुद्रनारायण श्रेष्ठ, सीता डोटेल, सुशिला रेग्मी र महेन्द्र श्रेष्ठ रहनुभएको छ ।

पर्यटन प्रवर्द्धन र कृषि उत्पादनलाई मुख्य जोड दिएको नगरपालिकाले दिगो रुपमा र्‍याफि्टङ संचालनको लागि कर्णाली नदीको र्‍याफि्टङको टोली संग समन्वय गरेको छ । जसका लागि स्थानियलाई थप तालिमको व्यबस्था समेत गरिनेछ। पाल्पा र स्याङ्जाको पहलमा झण्डै ६ पटक सम्म र्‍याफि्टङ चलिसकेको कालीगण्डकीमा नियमित र्‍याफि्टङ चलाउन सम्बन्धन लिइसकेको र अब नियमितका लागि अन्य व्यबस्थापन र सक्षम जनशक्ति तयारमा लागेको पर्यटन प्रवर्द्धन समितिका सदस्य सचिव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update