Erani Mahal
रामपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा पुनः खाँण
82581646_863147594129436_4331428381477306368_n

पाल्पा - रामपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा पुनः शंकर बहादुर खाँण चयन हुनुभएको छ।

तस्वीर सीता डाेटेल

रामपुर नगरपालिकामा बसेको खेलाडी र खेलप्रेमीहरुको भेलाले खाँणको अध्यक्षतामा नगर खेलकुद समितिको नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा देव बहादुर श्रेष्ठ, उपाध्यक्षमा मणीरत्न खाँण, सचिवमा सन्जु परियार, महासचिवमा राजु गुरुङ, सह–सचिवमा नारायण श्रेष्ठ , कोषाध्यक्षमा कालु थापा, सदस्यहरुमा नवीन भट्ट, भानु शाही, अमृत गाहा, देव बहादुर थापा, गोविन्द बहादुर राना, मदन हमाल र बृहस्पति खाँण रहनुभएको छ। समितिले नगरमा खेल्कुदको गतिबिधी वृद्धि गर्दै खेलको क्रेजलाई बढाउन अग्रसर हुने विश्वास लिएको अध्यक्ष खाणले बताउनुभयो ।

नगरप्रमुख रमण बहादुर थापाले खेलको माध्यमबाट युवामा सकारात्मक सोचको विकास गर्दै सामाजिक काममा अगाडि बढाउन सफल हुने बताउनुभयो ।" राष्ट्रको लागि खेलकुद"को भावना जागृत गराउदै खेलबाट रामपुर र देशको विकासका फड्को मार्ने बनाउन आफुहरुले सदा साथ दिएको उहाले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update