Erani Mahal
साउदी अरबमा भएकाे दुर्घटनामा परी पूर्वखाेलाका माेहनकाे मृत्यु
Saudi_elOQa5rlO0

पाल्पा - पूर्वखोला गाउँपालिका–४ देवीनगरका २२ वर्षिय माेहन जर्घाकाे साउदी अरबमा मृत्यु भएकाे छ । साउदीमा गएकाे २२ दिनमै माेहनकाे साउदीमा सवारी दुर्घटनामा मृत्यु भएकाे हाे ।

घर परिवार र अाफ्नै सपना साकार बनाउन अरब उड्नुभएका जर्घा ड्युटी सकेर निबासमा फर्कने क्रममा दुर्घटनामा पर्नुभएकाे थियाे । भाइ ड्युटी सकेर कोठामा फर्कदै गर्दा सवारी दुर्घटनामा परेर उनको मृत्यु भएको दाजु कृष्णले बताउनुभयाे ।

साइकलमा आउदै गरेका उहाँलाई एउटा कारले ठक्कर दिएको थियो। साउदीको रियादमा गएको पुस २३ गते मृत्यु भएका मोहनको अहिलेसम्म शव नेपालमा आउन सकिरहेको छैन्।  भाइको मृत्युको खबर पाएलगत्तै कृष्ण २७ दिनमा मलेसियाबाट घर फर्कनुभएकाे छ । ‘घरमा आमा बेहाल अवस्थामा हुनुहुन्छ’ उहाँले भन्नुभयाे ‘भाइको शव छिटो घरमा ल्याउन पाए हुन्थ्यो।’

आफुले चिनेको ठुला मान्छे कोही नभएकोले भाइको शव नेपाल कहिले आउने हो ? भन्नेमा अन्योलता छाएको कृष्णले बताउनुभयाे । भाइको शव झिकाउने प्रक्रियाबारे उहाँ अनविज्ञ रहेकाे बताउनुभयाे । मोहन काठमाडाैंकाे सिनामंगलस्थित फजल इन्टरनेशनल प्रालिबाट साउदी अरबको रियाद पुग्नुभएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update