Erani Mahal
अनेरास्ववियू पाल्पाको संयोजकमा सोमै
Janak

सहसंयोजकमा पराजुली

पाल्पा– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय)ू पाल्पाको संयोजकमा पदम सोमै चयन हुनु भएको छ ।

संयोजक सोमै


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को एकता भएपछि बनेको भातृ संगठन विद्यार्थी मोर्चाको संयोजकमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सोमै संयोजक बन्नुभएको छ । यस्तै सह संयोजकमा नेकपा एमालेको तर्फबाट अनेरास्ववियू (अखिल) का संयोजक हिरामणी पराजुली चयन हुनुभएको छ ।

हिरामणी पराजुली


पौष २७ र २८ गते काठमाण्डौंमा सम्पन्न भएको अनेरास्ववियूको पहिलो पूर्ण बैठकले जिल्ला कमिटिको संयोजक, सहसंयोजक र विभिन्न विभागहरु, आयोगका सदस्यहरु गठन भएको हो ।
सोमै विद्यार्थी आन्दोलनमा अगुवा नेताको रुपमा पाल्पामा क्रियाशिल हुनुहुन्छ । उहाँले अब संगठनलाई एकढिक्का बनाएर शैक्षिक क्षेत्रका विकृति र विसंगतिको अन्त्यका लागि आफ्नो टिमले काम गर्ने रानीमहलसँगको कुराकानीमा बताउनुभयो ।


अब आउँदो स्ववियू निर्वाचनलाई मध्यनजर गर्दै विद्यार्थी संगठन निर्माण र सुदृढिकरण अभियानमा संलग्न हुने र त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको सोमैले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update