Erani Mahal
कांग्रेस पाल्पाले प्रशासनमार्फत सरकारलाई बिराेध पत्र बुझायाे
tt

पाल्पा - नेपाली कांग्रेस पाल्पाले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठनसम्बन्धी विधेयकको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत् सरकारलाई विरोधपत्र बुझाएको छ । कांग्रेसले आइतबार पाल्पा जिल्लाका निमिक्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हाे ।

कांग्रेसका पाल्पा जिल्ला सचिव झपेन्द्र गहिरेले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गरेकाले विरोधपत्र बुझाइएको बताउनुभयाे ।

तस्विर : झपेन्द्र गहिरेकाे फेसबुकबाट ।

विरोधपत्र बुझाउन कांग्रेसका जिल्ला सभापति वीरबहादुर राना, सचिव अजय कर्माचार्य, अन्य नेता तथा कार्यकर्ताकाे टाेली जिल्लाको प्रशासन कार्यालय पाल्पामा पुगेकाे थियाे ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update