Erani Mahal
रामपुरमा नगर स्तरीय पर्यटन प्रर्वद्धन समिति गठन
Rampur-palpa

पाल्पा–पर्यटनलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्न रामपुर नगरपालिकाका पर्यटन प्रर्वद्धन समिति गठन गरिएको छ ।


नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ ।
प्रदेश पर्यटन मन्त्रालयको भिजिट नेपाललाई भव्य रुपमा मनाउन सबै तहमा कार्यक्रम गर्ने प्रतिबद्द्ता पनि गरेकोमा नगरपालिकाले रामपुर क्षेत्रको संभावना र आवश्यकतालाई मध्यनजर गर्दै पर्यटन प्रवर्द्धन समिती गठन गरी पर्यटनका गतिबिधी बढाएको जनाएको छ ।


समितिको सदस्यमा उमनाथ अर्याल, बुद्धिप्रकाश रेग्मी, दिवाकर देवकोटा, सीता डोटेल, पबित्रा पौडेल ढकाल, हिमाल मल्ल, महेन्द्र श्रेष्ठ, शुसिला रेग्मी, रुद्र नारायण श्रेष्ठ र सदस्य सचिवमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल रहनुभएको छ ।
समितिले पर्यटन प्रवर्द्धनको लागि प्रचार प्रसार र सुचनामुलक जानकारी दिने, फागुन अन्तिम साता हुने पर्यटन महोत्सवको लागि तयारी तिब्र पार्ने निर्णय गरेको छ ।


नगर पर्यटनको चिनारी ब्रोसर तयार पार्ने, देशका विभिन्न शहर र जिल्लामा रहेका पाल्पाली समाज संग समन्वय गरि देशका शहरहरुमा पाल्पाको चिनारी प्रचार एवं प्रदर्शन गर्ने र पाल्पा भ्रमणको निम्तो दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update