Erani Mahal
पाल्पामा विजयी दौड प्रतियोगिता : 'भिक्टोरी रन २०७६' हुने
dda

सुनिल कार्की पाल्पा– पाल्पामा विजयी दौड प्रतियोगिता ः भिक्टोरी रन २०७६ हुने भएको छ । जिल्लाका १० वटै गाउँ÷नगरपालिकाको सहयोगमा गोरखदल गणको आयोजनामा प्रतियोगिता हुने भएको हो ।


नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय, राष्ट्रिय र आन्तराष्ट्रि खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना गरिएको गणपति सुरज थापाले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्र्तगत २१ कि..मी. खुल्ला (हाफ म्याराथन ) ५ किलो मिटर दौड कक्षा १२ सम्मका छात्र–छात्रा र वाकाथुन ३ कि.मी इच्छुकको सहभागीतामा दौड प्रतियोगिता हुने गणका गणपति थापाले बताउनुभयो ।


प्रतियोगिताका विजयी खेलाडीले हाफ म्याराथनमा प्रथम पुरस्कार पचास हजार, दोस्रो पुरस्कार तीस हजार, तेस्रो पुरस्कार पन्ध्र हजार र सान्तवना पुरस्कार पाँच हजार पाउने छन् ।
यस्तै कक्षा १२ सम्मका छात्र –छात्रा बीच हुने ५ कि.मी दौडमा प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र सान्तवना पुरस्कार २ हजार रहेको छ ।
प्रतियोगीतामा वाकाथुन ३ किलोमिटिर दौडमा ईच्छुक सहभागी हुन पाउने गणका सेनानी मनोज डंगोलले रानीमहललाई बताउनुभयो ।


प्रतियोगिता अन्र्तगत २१ कि.मी दौड हाफ म्याराथुनको लागि टुंडिखेल, तानसेन बजार र भैरबस्थान मन्दिरबाट फिर्ता हुंर्दै टुंडिखेल रुट प्रयोग हुनेछ । यस्तै ५ कि.मी दौड अन्र्तगतको प्रयोग हुने रुट टंडिखेल, तानसेन बजार, श्रीनगरबाट फिर्ता हँुदै टुंडिखेल रहने छ । वाकाथुन ३ कि.मी को रुट टुंडिखेल,तानसेन बजार हुँदै टंडिखेलको रुट प्रयोग हुने छ ।


प्रतियोगितमा सहभागिताको लागि नाम दर्ता गर्न पाल्पा स्थित गोरखदल गण नागपोखरी ब्यारेक र रामपुर ब्यारेकबाट गर्न सकिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि सुरुमा नाम दर्ता गर्ने ३ सय जनालाई आकर्षक टिर्सटको ब्यवस्था गरिएको छ । प्रतियोगितामा नाम दर्ता शुल्क निःशुल्क रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update