Erani Mahal
पैसा कमाउन भनेर भारत गएका पाल्पाका सिँजाली दुई महिना देखि बेपत्ता
Press-meet-gardai-Afanta

परिवारद्वारा खोजीका लागि अपिल

देब पचभैया पाल्पा– पैसा कमाउन भनेर भारत गएका पाल्पाको तिनाउँ गाउँपालिका ६ मस्याम चित्र बहादुर सिंजाली सम्पर्क विहिन भएपछि परिवारको विचल्लि भएको छ ।


सिंजाली ससुराली गाउँका मामा ससुरा नाता पर्ने तिनाउँ ४ सितडाँडाका खडक दर्लामीले भारतको चेन्नईमा जागिर लगाईदिने भनेपछि उनीसंगै गत पौष ६ गते घर बाट हिड्नुभएको थियो ।


३१ वर्षिय चित्र बहादुर बेपत्ता भएपछि परिवारको बिचल्ली भएको हो । उहाँलाई लाने दर्लामीले बाटोमा चित्रको मानशिक सन्तुलन बिग्रिएको र चेन्नइमा रहेको आफ्नो कोठामा पुगेपछि आफू शौचालय गएर फर्किदा चित्र हराएको भन्ने मात्रै जवाफ दिएको चित्रका श्रीमती साबित्राले रानीमहलसँग गुनासो गर्नुभयो ।

चित्रकी श्रीमती साबित्रा


बुटवल पुगेपछि हामी हिड्यौं, पुगेर फोन गर्छु भन्नुभएको थियो, साबित्राले भन्नुभयो हराएको दुई दिन पछि माईतकी आमाले फोन गरेपछि बुढा हराएको थाहा भएको हो । उहाँका अनुसार अंकल (चित्रलाई लाने खडक) ले आफ्नो दुलहीलाई भनेको र उनले आफ्नी माईतकी आमालाई भनेपछि मात्रै हराएको थाहा लागेको हो । यस अघि ३ बर्ष बिदेश र भारतकै बिभिन्न स्थानमा काम गरेका चित्र गाउँकै इमान्दार र शोझो केटोको रुपमा चिनिएको चित्रका काका नोख बहादुरले बताउनुभयो । स्थानीय बिद्यालयका शिक्षक समेत रहेका नोख बहादुरले दाईको छोरा चित्र हराएको भन्ने आफुलाई बिश्वास नलागेको बताउनुभयो ।

हराएका चित्र सिजाली


भारतको चेन्नइमा लामो समय देखि डोजर चलाउने खडक दर्लामीले शुरुमा हेल्पर राख्ने र पछि चालक बनाउने भन्दै चित्रलाई संगै लगेका हुन् । फोनमा कुरा हुँदा खोज्दैछु मात्रै भन्नुहुन्छ, चित्रका श्रीमती साबित्राले प्रश्न गर्नुभयो खै खोजेका छन् कि छैनन्, आँखाले देखिएन, खोजेका भा त थाहा हुन्थ्यो होला नि ?


चेन्नइ आएपछि चित्रले रक्सी माग्यो, मैले रातीमा पाईदैन भनेको हो, चित्रलाई भारत लाने खडक दर्लामीले टेलिफोनमा भने, उनी हराएपछि नै मैले खोजी गरेको छु, नेपाल जस्तो खोज्न यहा सारै दुख छ । चित्रका दुई छोरा (जेठो १० बर्ष र कान्छो ५ बर्षका ) छन् । बुढा बा र आमालाई छोरा हराएको थाहा दिइएको छै्रन । घरमा भाईले मात्रै थाहा पाएका छन् । कान्छो छोराले बाबा लाई सोधीरहन्छ, फोनमा बोल्छु भन्छ, साबित्राको अपिल छ, दायाँबाया लाग्ने श्रीमान् हैनन्, तै पनि कतै लुकेको भए वा कसैले देखेको भए खबर गरिदिनुहोला ।

चित्रकाे खाेजीका लागि पत्रकार सम्मेलन गर्दै श्रीमती साबित्रा


हराएका चित्रका छिमेकीहरुले उनलाई लैजाने खडक दर्लामीको दोश रहेको बताउछन् । दर्लामीले यता बाट फोन गर्दा गाली गर्ने, भारतीय महिला लगाएर फोन नगर भन्ने गर्नुहुन्छ,चित्र सिंजाली संगै पढेका छिमेकी खडक कार्कीको भनाई छ । न त हराएको उजुरी त्याहाका प्रहरीलाई दिएका छन्, न त कोही कसैलाई भनेका छन् , कार्कीले भन्नुभयो हामीले त्याहाका प्रहरीलाई रिपोर्ट गर्न र स्थानीय पत्रपत्रिकामा हराएको खबर छाप्न भनेका छौ, दर्लामीले अहिले सम्म केही गरेका छैनन् ।


चित्रको खोजीका लागी उनका श्रीमती, परिवार र आफन्तहरुले जिल्ला प्रहरी कार्यालय पाल्पामा निबेदन दिएको र जिल्लाका पत्रकारहरु मार्फत खोजीका लागी अपिल गरिएको चित्रका काका नोख बहादुरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update