Erani Mahal
पाल्पामा दुई जना पुरूष मृत भेटिए
1570769332dead-body

पाल्पा – पाल्पामा २ जना पुरुष मृत फेला परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा शुक्रबार दुई जना पुरुष मृत भेटिएका हुन् । तिनाउको वडा नं. ६, भिराले गैरामा अन्दाजी ५५ वर्षिय वीरबहादुर रास्कोटीमगर मृत भेटिएका हुन् ।

प्रभास चाैकीका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीले परिवार नभएका रास्काेटी अर्काे गाउँमा जाने क्रममा लडेर मृत्यु भएकाे हुन सक्ने बताउनुभयाे । छिमेकीले रास्काेटी मृगीका बिरामी समेत रहेकाे बताएकाे नेपालीले बताउनुभयाे ।

यस्तै रिब्दीकोटको वडा नं. ४ रानीठाटीमा अन्दाजी ५२ वर्षिय गोपाल खनाल मृत भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिनुभयो । अहिले मृतक दुई जनाको शब तानसेनमा ल्याएर पोष्टमार्टम गर्ने कार्य भईरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update