Erani Mahal
अबिरल वर्षाले रिडी महाेत्सव स्टलमा बाढी, व्यवसायी चिन्तित
Ridi__photo

पाल्पा - पाल्पा, स्याङ्जा र गुल्मीकाे संगमस्थल रिडीमा पुस २९ गतेदेखि सुरू भएकाे रूरू महाेत्सवमा राखिएका स्टलमा बाढी पसेकाे छ । २ दिन देखि परेकाे अबिरल बर्षाका कारण रिडी खोलाको सतह बढेपछि महाेत्सवमा राखिएका विभिन्न सामग्रीका स्टलमा क्षति पुगेकाे हाे ।

बिहीबार रातिदेखि अबिरल वर्षाका कारण रिडी खाेलाकाे सतह बढेकाे छ । नदीकाे सतह बढ्दै गएपछि खाेला किनारमा बनाइएका स्टल बगाएकाे स्थानीय बासिन्दाकाे भनाइ छ । यद्यपी स्टलका सामान हटाउन जनपद तथा शस्त्र प्रहरी परिचालन गरिएकाे छ । स्थानीय बासिन्दाले समेत सहयाेग गरिरहेका छन् ।

खाेलाले ३० वटा बढी स्टलमा क्षति पुगेकाे छ । पाल्पा तर्फका स्टलमा भने खाेलाले बगाएकाे छ । अझैँ दुइ दिनसम्म वर्षा लम्बिए अन्य क्षेत्रमा समेत क्षति पुग्ने अनुमान गरिएकाे छ । महाेत्सव सुरू भएदेखि नै पानी परेपछि व्यापार नभएकाे र स्टल समेत बगाउँदा व्यवसायी भने चिन्तित बनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update