X

हिमाली तथा पहाडी भूभागमा तीन दिन वर्षा र हिमपातकाे सम्भावना

रानीमहल संवाददाता || २ माघ २०७६,बिहीबार १९:३८

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षा र भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै रहेको महाशाखाले जनाएको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (बिहिबार)

दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पूर्वी पहाडी भू्-भागमा सामान्य बदली रहि बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भू्-भागमा सामान्य बदली रही बाँकी भू्-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

रातिः देशभर आंशिक बदलि भइ देशका एक दुइ स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले  देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys