Erani Mahal
२२ औँ भूकम्प दिवस : पाल्पामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
bb

पाल्पा – पाल्पामा २२ औँ भूकम्प दिवसमा अन्तरक्रियात्मक कार्यक्रम भएको छ । भूकम्प दिवसको अवसरमा बिहीबार तानसेनमा आयोजित कार्यक्रममा कार्यक्रममा प्रदेश सभासद् नारायण आचार्यले भूकम्पीय जोखिम कम गर्न सबै तहका नागरिक र जिम्मेवार निकायको क्रियाशिलता आवश्यक रहेकोमा जोड दिनुभयो । भूकम्प सम्बन्धित कार्यालयहरुले सेवाग्रहीलाई एकीकृत रुपमा सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अर्का प्रदेश सभासद् डा. पुरनमान बज्राचार्यले मानवीय र प्राकृतिक विपद्बाट बच्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । विपद् न्युनीकरण गर्ने मुख्य जिम्मेवारी स्थानीय तहले सबैभन्दा बढी जिम्मेवारी पाएकाले योजना बनाएर अघि बढ्नुपर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

पाल्पामा अन्य क्षेत्रमा जस्तो भूकम्प पीडितको गुनासो नआएको बताउनुहुँदै प्रजिअ ढकालले समयमै व्यक्तिका घर, मठमन्दिर र सार्वजनिक निकायका पूर्वाधार सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वखोलाा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण्बहादुर जिसी, रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले बोल्नुभएको थियो ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरण अन्तर्गतका कार्यालयबाट भईरहेका कामहरूको बारेमा जानकारी दिइएको थियो । सो अवसरमा भूकम्प प्राधिकरण जिल्ला अनुदान आयोजना इकाईका प्रमुख अनन्त सुनारले पाल्पा जिल्लामा भूकम्पले क्षति पु¥याएका एक हजार सात सय ९३ घर निर्माण सम्पन्न भएको, दुई, तीन र चार कोठे गरी ४३ वटा विद्यालयका भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

यस्तै नेपाल सरकारले अख्तियार गरेको भूकम्प तथा विपद् सम्बन्धी नीतिका बारेमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुराम अर्यालले जानकारी दिनुभएको थियो । कार्यक्रम विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ ढकालको अध्यक्षता र जिल्ला प्रशासनका नासु लक्ष्मण घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update