Erani Mahal
पाल्पा, गुल्मी र स्याङ्जाकाे संगमस्थल रिडीमा संक्रान्ति मेला सुरू
Ridi-mela-1

पाल्पा – धार्मिक ऐतिहासिक एवम् पर्यटकीय स्थल रिडीमा आजदेखि माघे संक्रान्ति मेला सुरु भएको छ । पाल्पा गुल्मी र स्याङ्जा जिल्लाको सङ्गम स्थल रिडी क्षेत्रको कालीगण्डकीमा माघे संक्रान्तिको पहिलो दिन कालीगण्डकी नदीमा स्नान गर्न श्रद्धालुहरूको घुँइचो लाग्ने गर्दछ । रिडीमा जेठी, माहिली र कान्छी संक्रान्ति मेला लाग्ने गरेको छ । बिहानैदेखि नदीमा स्थान गर्ने र ऋषिकेश मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरूकाे भीड लागेकाे छ ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गम स्थल रिडीस्थित कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश भगवानको दर्शन गर्नका लागि पाल्पा, गुल्मी स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, पर्वत, नवलपरासी, रुपन्देही, लगायतका जिल्ला तथा भारतबाट समेत श्रद्धालुहरू रिडी क्षेत्र धाममा आउने गर्दछन् । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महŒवपूर्ण मानिदै आएको छ ।

फाइल तस्विर : इरानीमहल डटकम ।

यस क्षेत्रको धार्मिक र सांस्कृतिक रुपमा महिमा नेपाल बाहिर पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । मकर संक्रान्तिको अवसर पारेर पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडी, पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरूका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुनेछ ।

संक्रान्तिको अवसरमा रिडीमा व्यापार गर्नका लागि बाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँबाट तीन दिनसम्मको यात्रा गरी मानिसहरू रिडी आउने परम्परा छ । रिडी क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिलकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । नेपालका चार धाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले रुरु क्षेत्र निकै महत्वपूर्ण मानिन्छ ।

राम्दीमा पनि मेला

यसैबीच पाल्पा र स्याङ्जाकाे सीमा राम्दीमा पनि स्थान गर्ने र मन्दिरमा दर्शन गर्ने भक्तजनकाे भीड बिहानैदेखि सुरू भएकाे छ । राम्दीमा स्थान गरे, पापबाट मुक्त भइने धार्मिक विस्वास रहेकाे छ ।

मगर र थारू समुदायकाे चाडमा शुभकामना

उता प्रदेश ५ सरकारले मगर, थारू र छन्त्याल समुदायकाे संक्रान्ति मेलाकाे अवसरमा २ दिन सार्वजनिक बिदाकाे घाेषणाा गरेकाे छ । प्रदेश सरकारले माघ १ गते र २ गते सार्वजनिक बिदाकाे घाेषणा गरेकाे हाे । मुख्यमन्त्री शंकर पाेखरेलले समेत संक्रान्ति र माघी पर्वकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । तराइमा थारू समुदायले विशेष कार्यक्रम सहित माघी पर्व मनाउँछन् भने पहाडी जिल्लाहरूमा मगर समुदायले समेत परम्परादेखि नै घर-घरमा माघे संक्रान्ति मनाउँछन् ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update