Erani Mahal
तानसेन खानेपानी उपभोक्ता समितिको ८ औँ साधारणसभा सम्पन्न
IMG_8636

पाल्पा – तानसेन खानेपानी उपभोक्ता समितिको ८ औँ साधारणसभा तानसेनमा सम्पन्न भएको छ । साधारणसभामा उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष शाक्यले सबैको सहयोगले तानसेनमा अहिले कालीगण्डकी खानेपानी योजना सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो ।

कालीगण्डकीको खानेपानी आएपछि तानसेनमा खानेपानीको समस्या हट्ने उहाँको विस्वास छ । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कोषाध्यक्ष भीमसेन कार्कीले संस्थालाई आर्थिक रुपमा सबल बनाउन पहल भईरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं संघीय सांसद सोमप्रसाद पाण्डेयले शुभकामना मनतव्य राख्नुभयो । उहाँले विगतको सरकारले तानसेनको खानेपानी समस्या समाधान हुने गरी बेजट विनियोजन गरेकाले अहिले तानसेनबासीले पर्याप्त मात्रामा पानी पाउने अवस्था बनेको बताउनुभयो । उहाँले आफ्नो तर्फबाट खानेपानी समस्या समाधानमा विशेष पहल भएको स्मरण गर्नुहुँदै आगामी दिनमा पनि पाल्पाका विकासका लागि आफू महत्वपूर्ण भूमिका खेल्न तयार रहेको बताउनुभयो ।

यस्तै प्रदेश सभाका सदस्य वीरबहादुर रानाले तानसेनको खानेपानी समस्या समाधान गर्न सबैको भूमिका रहेको बताउनुभयो । कार्यक्रममा नेकपाका नेता धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद हरि नेपाल, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीका इन्जिनियर उत्सव पोखरेल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका उपाध्यक्ष बामदेव बस्याल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम समितिका अध्यक्ष शाक्यकाे अध्यक्षता, सचिव केशव पाैडेलकाे संचालन र उपाध्यक्ष डा. पुरनमान बज्राचार्यकाे स्वागतमा सम्पन्न भएकाे हाे ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update