Erani Mahal
पाल्पामा औद्योगिक ग्राम संचालन गर्न १ कराेड ८४ लाख अनुदान
audhyogik

पाल्पा – स्थानीय तहमा औद्योगिक ग्राम संचालन गर्नका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाल्पाका दुई नगरपालिकालाई १ कराेड ८४ लाख रुपैयाँ दिएको छ । पाल्पाको तानसेन र रामपुर नगरपालिकालाई मन्त्रालयले उद्योग ग्राम संचालन गर्न ९२/९२ लाखका दरले रकम उपलब्ध गराएको हो । जसअनुसार तानसेन र रामपुर नगरपालिकाले औद्योगिक ग्राम संचालनका लागि जग्गाको छनौट गरिसकेको जनाएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/०७७ अनुसार देशभरका ३२ वटा स्थानीय तहलाई स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नको लागि रकम उपलब्ध गराएको हो । सरकारले आव २०७६/०७७ को स्वीकर्त वार्षिक कार्यक्रमा सातवटै प्रदेशमा १० वटाका दरले औद्योगिक ग्राम घोषणा गर्ने कार्यक्रम राखेको थियो । सरकाले यही चालु आवमा थप स्थानीय तहलाई समेत रकम दिने योजना बनाएको छ ।

सांकेतिक तस्विर गुगल ।

केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त साझेदारीमा यो कार्यक्रम चलेको हो । संघको ६० प्रतशित र प्रदेश तथा स्थानीय तहको ४० प्रतिशत लागत लाग्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update