Erani Mahal
पाल्पाकाे सिद्धेश्वरमा अज्ञात समूहले राखेकाे 'सकेट बम' डिस्पाेज
bomb-1

पाल्पा – पाल्पाको रैनादेवि छहरा–१ सिद्धेश्वरस्थित सिजी सिमेन्टको चुनढुङ्गगा उत्खनन् स्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । अज्ञात समूहले चुनढुंगा खानी स्थलमा रहेको स्काभेटरमा झुण्ड्याएर राखेर २ वटा सकेट बम सुरक्षा निकायले डिस्पोज गरेको हो ।

मंगलबार राति अज्ञात समूहले स्काभेटरमा खतरा भनेर शंकास्पद बस्तु राखेका थिए । उक्त बस्तु बम भएको पुष्टि प्रहरीले गरेको छ । उक्त बम मंगलबार दिउँशो प्रहरी सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बम किन र कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बम भेटिएपछि स्थानीय बासिन्दा खानीमा काम गर्ने मजदुर समेत आतकिंत बनेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update