Erani Mahal
पाल्पाकाे नुवाकाेट गढीसम्म केबलकार संचालन गर्न (ईआईए) स्वीकृत
cable-car-rupandehi-1

पाल्पा – पाल्पाको नुवाकोट गढीदेखि बुटवलसम्म सञ्चालन हुने केबुलकारको पूरक वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) स्वीकृत भएको छ । यसअघि वातावरणीय प्रभाव मुल्याङ्कन भइसके पनि वन क्षेत्र परेको र आयोजनाको क्षमता थप गर्नुपर्न भएकाले वन मन्त्रालयले पूरक वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत गरेको हो ।

ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणीमुकुन्दसेन उद्यानको उत्तरतर्फ रहेको नुवाकोटमा सिद्धार्थ केबुलकार प्राइभेट लिमिटेडले केबुलकार सञ्चालनको प्रक्रिया थालेको हो । पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भएपछि केबुलकार जाने बाटोमा पर्ने १२ सय रुख काटिने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो ।

यसअघि वन मन्त्रालयको स्वीकृतिमा पहिलो चरणमा आधार स्टेसनका ३८ वटा रुख काटिएका थिए । दुई वर्ष्भित्र केबुलकार सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाएकोे गुरुङले बताउनुभयो । उहाँका अनुसार पूरक वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएपछि अब काम अघि बढ्ने बताइएको छ ।

पहिलो चरणमा ९९ जना स्थानीय व्यवसायीले रु. ८० करोड लगानी गरी प्रक्रिया थालिएको उहाँले बताउनुभयो । केबुलकार दूरी भने दुई किलोमिटरको हुने छ । बुटवल–नुवाकोट केबुलकारका लागि सिद्धार्थ केबुलकार प्रालिले डीपीआरसमेत सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update