Erani Mahal
पाल्पा, स्याङ्जा र गुल्मीकाे संगम स्थल रिडीमा भाेलिदेखि रूरू महाेत्सव
ridi-mela-5a62b7b68dfe85.99394103

पाल्पा – तीन जिल्लाको सङ्गमस्थल रिडी (रुरु)मा भोलि मंगलबारदेखि माघ १० गतेसम्म दोस्रो रुरु महोत्सव हुने भएको छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा सन २०२० को भ्रमण वर्षलाई आधार बनाएर महोत्सव गर्न लागिएको हो ।

गुल्मी उद्योग वाणिज्य सङ्घको रिडी शाखा र रुरु फ्रेन्डस क्लबको आयोजनामा डेढ दशकपछि महोत्सव गर्न लागिएको हो । भ्रमण वर्ष सफल बनाउन र यस क्षेत्रको व्यापार व्यवसाय प्रबद्र्धन, ऐतिहासिक एवं धार्मिक स्थलहरूको प्रचार गर्न महोत्सव गर्न लागेको गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाका अध्यक्ष सुवर्णलाल कक्षपतिले जानकारी दिनुभयो । महोत्सवको अन्तिम तयारी भएको छ ।

महोत्सवमा दुई सय ५० बढी स्टल रहनेछन् । कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, खाद्यान्न, होटल लगायतका सामग्रीको स्टल महोत्सवमा रहनेछ । महोत्सवको अवलोकनमा दुई लाख ५० हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

महोत्सवबाट भएको आम्दानीले सांस्कृति एवं ऐतिहासिक रुरु क्षेत्रको बृहत्तर विकासमा खर्च गरिने रुरु फ्रेन्डस क्लबका अध्यक्ष शोभित थापाले जानकारी दिनुभयो । रुरु क्षेत्र रिडीमा परम्परादेखि नै माघे सक्रान्ति मेला समेत लाग्ने गरेको छ । बुधबारदेखि यहाँ माघे संक्रान्ति मेला लाग्छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update