Erani Mahal
ट्राफिक नियम मिच्ने ७ हजार सवारीमाथि कारबाही !
TIPPER

पाल्पा – ट्राफिक नियम उल्लङ्घन गरेका ७ हजार सवारीमाथि गरिएको कारबाहीबाट ४९ लाख २३ हजार पाँच सय रुपियाँ राजश्व उठाइएको छ । ६ महिनाको अबधिमा ट्राफिक नियम मिचेर सवारीसाधन चलाएकामाथि गरिएको कारबाहीबाट ४९ लाख बढी राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७६/०७७ को मङ्सिर मसान्तसम्मको ६ महिनाको अबधिमा ट्राफिक नियम उल्लङ्घन गरेका बस, जीप, कार, भ्यान, मोटरसाइकल, ट्रिपर, टेक्टर जस्ता सवारीसधानमाथि कारबाही गरिएको थियो । प्रहरीले यो अबधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९६ जना चालकलाई समेत कारबाही गरेको छ ।

फाइल तस्विर ।

६ महिनाको अबधिमा मापसे गरेर सवारी चलाउने चालक समेत बढेको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वी काफ्लेले जानकारी दिनुभयो । आव २०७४÷०७५ मा ९२ र गत आव २०७५/०७६ मा ४९ चालकमाथि मापसे गरेर सवारी चलाएकामा कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार चालु आवको मङ्सिर मसान्तसम्ममा १ हजार ६ सय २९ ट्रक/टिप्पर, एक हजार चार सय ९७ बस, १ हजार ७ सय ७३ जीप, कार र भ्यान, ९१० टेक्करलाई कारबाही गरिएको छ । यस्तै २ हजार १ सय ९१ वटा मोटरसाइकल र स्कुटीलाई कारबाही गरिएको छ । ट्राफिक प्रहरीले गत आवमा ९१ लाख ६८ हजार पाँच सय र आव २०७४/०७५ मा ७८ लाख ३७ हजार सवारीसाधनमाथि कारबाही गरेर राजश्व सङ्कलन गरेको थियो ।

बढ्दो सवारीसाधनको सङ्ख्या, चालक अनुमतिपत्र बिनै सवारी चलाउने प्रवृत्तिमा बढोत्तरी दुर्घटनाका प्रमुख कारण हुन् । साँघुरो र अप्ठेरो सडकमा सवारी गुडाउँदा, अत्याधिक गतिका कारण र ब्रेक फेलले समेत सवारी दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

चालकको लापरबाही, जनचेतनाको कमी, मापसे गरेर सवारी चलाउने क्रमले पनि दुर्घटना बढेका पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले दावी गर्नुभयो । उहाँले दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले यात्रु, सवारीधनी, चालक र नागरिक समाजसँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update