X
10
Shares

पाल्पामा ट्रिपरकाे ठक्करबाट माेटरसाइकलमा सवार दुई जना घाइते

रानीमहल संवाददाता || २८ पुष २०७६,सोमबार १९:२८

पाल्पा – पाल्पामा फेरी ट्रिपरले मोटरसाइकलाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आइरहेको लु १ ख २१७२ नम्बरको ट्रिपरले पाल्पाबाट बुटवल जाँदै गरेको लु ४३ प ७१६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।

ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार बुटवल–६, का २० वर्षका सागर चौधरी र मोटरसाइकल पछि बस्ने सोही स्थानका ४० वर्षका विष्णु ज्ञवाली घाइते हुनुभएको छ । दुबै जना घाइतेको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना सोमबार बिहान तिनाउ गाउँपालिका–३, कालीमाटीमा भएको प्रभास प्रहरी चौकीका प्रमुख एकबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रतिकात्मक तस्विर : गुगल ।

पाल्पामा आइतबार पनि दुई स्थानमा दुर्घटना भएको थियो । रम्भा र तिनाउमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys