Erani Mahal
पाल्पा सहित देशभर पृथ्वी जयन्ती मनाइयो
bis

पाल्पा– पाल्पा सहित देशका विभिन्न स्थानमा २९८ औं पृथ्वीजयन्ती धुमधासँग मनाइएको छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरणको सुरुवात गरेको गोरखा जिल्ला सहितका जिल्लाहरुमा उहाँको सम्झना धुमधामले गरिएको हो ।


गोरखा नगरपालिकाको आयोजनामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक रहेको गोरखा संग्राहलय परिसरमा भब्य कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको छ । यस्तै पाल्पाको तानसेनमा विश्व हिन्दू महासंघको आयोजनामा पृथ्वी जयन्ति मनाइएको छ ।


तानसेनको सित्तलपाटीमा एक कार्यक्रम गरेर स्व. राष्ट्र निर्माता शाहको बारेमा चर्चा गरिएको थियो । शाहले टुक्रे राज्यका रुपमा रहेको नेपालका विभिन्न भूभाग समेटेर विशाल नेपालको निर्माण गर्नुभएको थियो ।

उहाँको सम्झनामा बोल्ने बक्ताहरुले अहिले नेपालको सनातन धर्म र संस्कृतिमा आक्रमण भइरहेको बताउँदै हिन्दुराज्यको आवश्यकता र राष्ट्रिय एकताका सुत्रधार शाहलाई राज्यले विर्सिएको आरोप लगाए ।

उनीहरुले इतिहास र पुर्खाको योगदानलाई भुल्न नहुने बताए । कार्यक्रममा विश्व हिन्दु महासंघका शंकर गिरी, रेवन्तबहादुर विष्ट, डुल बहादुर कुँवर, महेन्द्र पन्थी, बिश्वराज पौडेल, धर्मचन्द्र नेपाल लगायतले शाहको योगदानका बारेमा बोल्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update