Erani Mahal
पाल्पाको तिनाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
Palpa-aca

पाल्पा – जिल्लाको तिनाउँ गाउँपालिका वडा नं. ४ बौरिडाँडा स्थित ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।

तस्विर गुगल फाइल ।

रिखोलाबाट चौविसमाइल तर्फ आउँदै गरेको लु २ त ७२५७ नं. ट्याक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी नवलपरासी जिल्ला सरावल गाउँपालिका–१, बस्ने ३२ का पुष्पलाल थारुको मृत्यु भएको हो । साँझ साढेपाँच बजे भएको दुर्घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update