Erani Mahal
पाल्पाको पिपलडाँडामा जीप दुर्घटना : ८ जना घाइते (नामावली सहित)
Palpa-ac

पाल्पामा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आइतबार करिब साढेचार बजेतिर रम्भा गाउँपालिका ३ चण्डीस्थानमा पिपलडाँडाबाट चण्डीस्थानतर्फ आउँदै गरेको लु. २ च ६०६८ नं. को पिकअप जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

समाचार प्रतिनिधि तस्विर गुगलबाट

डबल क्यापको पिकअप उकालोमा आफँै व्याकभई सकडदेखि अं. ५० मिटर तल खस्दा जिपमा सवार चालक सहित ८ जना घाइते भएका छन् ।


घाइेत मध्ये एक जनाको अवस्था सिरियस र रहेको र अन्यको लुम्बिीनी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा बगनासकाली ५ बस्ने वर्ष २९ को चालक भुवन दर्लामी, रम्भा ३ बस्ने वर्ष २० को विष्णु खाम्चा, सोही स्थानको वर्ष ४३ की शान्ता माया खाम्चा, वर्ष ३४ की विमला खाम्चा (सिरियस अवस्था), वर्ष १ को रिदम खाम्चा, वर्ष २७ को तुल्सीराम राना, वर्ष ८ को मनिस आले र बर्ष ४८ को श्रीमान झेडीको अवस्था सामान्य रहेको छ ।


हेर्नुहोस् घाइतेको नामावली ः स्रोत जिल्ला प्रहरी कार्यालय, पाल्पा

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update