Erani Mahal
पहिलाे पाईलाद्वारा तानसेनकाे राधाकृष्ण प्राविका विद्यार्थीलाइ न्यानाे कपडा वितरण
81695187_479266469680856_2459423841353465856_n

विष्णु पान्डेय, पाल्पा - जिल्लामा सामजिक कार्यमा सक्रिय रहदै अाएकाे पहिलाे पाईला नेपाल पाल्पा शाखाले तानसेन नगरपालिका १३ मा रहेेकाे राधाकृष्ण प्राविका ५१ जना विद्यार्थीलाई न्यानाे कपडा वितरण गरेकाे छ ।

सिमान्तकृत समुदाय माझी विद्यार्थिहरुकाे बाहुल्यता रहेकाे विद्यालका विद्यार्थीलाई वितरण गरिएकाे हाे ।ट्याक सुट पाएपछि विद्यार्थी हर्षित भएका थिए ।

कार्यक्रममम प्रमुख अतिथि प्रदेश ५ सांसद डा पुरनमान बज्राचार्यले युवाहरुले यस्ताे सामाजिक कार्य गर्नु अाफैमा सह्रानिय भएकाे बताउनुभयाे । युवाहरुले पकेट खर्च जाेगाएर सामाजिक कार्यमा लागाउनु उदाहरणीय भएकाे बताउदै अागामि दिनमा पनि यसरी समर्पित हुन अाग्रह गर्नु्भयाे ।कार्यक्रममा विशिष्ट अतिथि सामाजिक अभियान्ता अजय कर्माचार्यले पहिलाे पाईला नेपालकाे कार्यलाई राज्यले अंगिकार गर्नुपर्ने बताउनुभयाे।उहाले सिमान्तकृत समुदायमा पहिलाे पाईला नेपाल पाल्पा पुगेकाे भन्दै यस्ता सस्थालाई स्थानिय तहदेखि केन्द्रलेनै सहयाेग गर््नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक सावित्रादेवि भट्टराई,विद्यलय व्यवस्थापन समितिका अध्यक्ष रेवन्त बहादुर क्षेत्री , विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष खड्क बहादुर क्षेत्री ,पत्रकार विष्णु पान्डेय लगायतले पहिलाे पाईला नेपाल पाल्पा शाखाले गरेकाे कामकाे चर्चा गर्दै अागामि दिनमा पनि सक्रिय भएर लाग्न अाग्रह गर्नुभएकाे थियाे ।

पाल्पा शाखाका अध्यक्ष ईश्वर ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष अस्मिता जिसिकाे स्वागत रहेकाे थियाे भने सञ्चालन सचिव दिपक पान्डेय र सदस्य सुवास पाेखरेलले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update