Erani Mahal
तानसेन छेर्लुंग बोटेगाउँको विद्यालयमा शैक्षिक सामग्री सहयोग
82360126_587845192010492_1822940122224525312_n

पाल्पा- तानसेन छेर्लुंगमा रहेको राधाकृष्ण प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।


सामुदायिक सेवा केन्द्र पाल्पाका उपाध्यक्ष भुगोल बैंजुको सहयोगमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको हो ।


तानसेन नगरपालिकाको दुर्गम क्षेत्र वडा नं. १३ बौघागुम्हा छेर्लुंग बोटेगाउँमा रहेको विद्याललयमा अधिकांश विपन्न बोटे समुदायका विद्यार्थीहरु अध्ययनरत गर्ने गर्दछन् ।


विद्यालयका कक्षा इसिडीदेखि कक्षा ३ सम्म अध्ययनरत ५१ जना विद्यार्थीहरुलाई कापीकलम, पेन्सिल, इरेजर लगायतका शैक्षिक सामग्री जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले एक कार्यक्रमका बीचमा हस्तान्तरण गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update