Erani Mahal
पाल्पाको दमकडामा  फागुन १ देखी पाल्पा महोत्सव हुने
81464372_2733488693378837_6547318690860236800_o

पाल्पा- जिल्लाको दमकडा खेलमैदानमा फागुन १ देखी ११ गते” सम्म पाल्पा महोत्सव गरिने भएको छ । पाल्पा व्यापार संघको आयोजनामा महोत्सव गर्न लागिएको अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक चिरन्जिीवी पोखरेलले बताउनुभयो ।

जिल्लाको कृषि,पर्यटन र व्यापार उत्थानका लागि मेला गर्न लागिएकाे सयाेजक पाेखरेलले बताउनुभयो । उहाँले यसका साथै कला संस्कृतिको संरक्षण तथा भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने
बताउनुभयो ।


महोत्सवमा राष्ट्रिटय तथा अन्तरराष्ट्रिटय बस्तुहरुको प्रदर्शनी, स्थानीय वस्तु तथा सेवाको
प्रदर्शनी, ताजा तरकारी तथा फलफ७त्रगयतसल प्रदर्शनी, पर्यटन प्रवद्र्धन सम्बन्धी
गोष्ठी, कृषि व्ययसाय सम्बन्धी गोष्ठी, औद्योगिक प्रदर्शनी तथा खरिद विक्री,दैनिक
उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा विक्री, विविध सँस्कृति झल्किने स्टल रहनेछन् र


मेलामा उत्कृष्ट बाल उद्यान, स्थानीय तथा राष्ट्रिटय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति, विभिन्न जातजातिका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति,गाउँपालिकास्तरीय पञ्चेबाजा तथा साँस्कृतिक प्रतियागिता, विद्यालयस्तरीय पर्यटन सम्बन्धि सांस्कृतिक प्रतियोगिताहरु हुने सचिव पर्शुराम पौडेलले जानकारी दिनुभयो ।
करिव २ सय स्टल रहने मेलामा करिव एक लाख दर्शकले अवलोकन गर्ने र करिव ५ करोडको
कारोवार हुने आयोजकको विश्वास छ ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा महोत्सवले योगदान पुर्याउउने विश्वास व्यक्त गर्नुभयाे । उहाँले जिल्लामा विगतमा भएका
महोत्सव भन्दा फरक गर्न आग्रह गनुभयाे । अध्यक्ष अर्यालले महोत्सवमा आउने दर्शकले नविनतम सिक्ने मौका प्राप्त गर्न वातावरण वनाउन आग्रह गर्नुभयाे ।

पत्रकार सम्मेलन संघका प्रथम उपाध्यक्ष बामदेव बस्याललको स्वागत सचिव पर्सुराम पौडेलको संचालन तथा अध्यक्ष चिरन्जिवी पोखरेलको अध्यक्षतामा चलेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update