Erani Mahal
तानसेनमा मगरी खाना तथा सांस्कृतिक महोत्सवमा सहभागीकाे घुँइचाे
81976186_196857464694767_8732102081126596608_o

पाल्पा नेपाल मगर संघ पाल्पाको आयोजनाका एकदिने मगरी खाना महोत्सव सम्पन्न भएको छ । महोत्सवमा मगर समुदायमा प्रचलित खानाका परिकारहरुको स्टल राखिएको थियो । मगर समुदायको मुख्य पर्वको रुपमा रहेको माघे संक्रान्ती पर्वको अवसर संगै नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि मेलाको आयोजना गरिएको नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेज बहादुर घर्तीले बताउनुभयो ।

मेलामा विशेष गरि बन तरुल, मगरी बटुक, कोदोबाट बनेका परिकारहरु, सुंगुरको मासुलगायतका परिकारहरु दर्शकहरुको रोजाईमा पेको थियो ।

मेलामा मगर समुदायमा लोप हुन लागेका झ्याउरे, मारुनी, मगरी झाम्रे, घाटु, सालैजो, जिवैमामा सोरठीलगायतका मौलिक संस्कृति झल्किने नाचहरु समेत प्रस्तुत गरिएको थियो ।

महोत्सवमा जिल्लाका विभिन्न कलाकारहरुले सांस्कतिक प्रस्तुति समेत दिएका थिए । साथै मगरी सोरठी, झाम्रे लगायतका नाँचहरु समेत प्रर्दशन गरिएको संघका सदस्य तथा मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष अमित रास्कोटीले बताउनुभयो । दर्शकहरु उल्लेख्य सहभागिताको कारणले निर्धारति समयभन्दा पहिले नै परिकारहरु सकएिका थिए । सहभागीहरु सडकमै खाएर नाँच्न रमाउन पाउँदा दंग परेका थएि ।

जिल्ला सदरमुकाम तानसेनमा भएको महोत्सव अवलोकन गर्नका लागि जिल्लाका विभिन्नस्थानहरुसंगै छिमेकी जिल्लाबाट दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

मेलामा तरुल, सक्खरखण्ड, लोकल कुखुरा, बटुक, बंगुरको मासु लगायतका परिकारहरु समेत राखिएको थियो । मेलामा मगर संघका भातृ संस्थाहरु विद्यार्थी, महिला, युवा लगायतको स्टलहरु राखिएका थिए ।

स्विर बुद्धिप्रसाद शर्माकाे सामाजिक संजालकाे सहयाेगमा ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update