Erani Mahal
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पाल्पाको साधारण सभा
v4

पाल्पा– राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पाको प्रथम साधारण सभा तानसेनमा सम्पन्न भएको छ ।


सभाका प्रमुख अतिथि राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुलीले पुराना मौलिक संस्कृतिका रुपमा रहेको लोकभजन र चुड्का संरक्षण अभावमा हराउँदै गएकोमा दुःख व्यक्त गर्नुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय उपाध्यक्ष नारायण लेकाली, प्रदेश नं.५ का संयोजक नारायण भुसाल, विश्व हिन्दु महांसंघका केन्दिय सदस्य शिव शंकर गिरी, राष्ट्रिय लोक भजन चुड्का संरक्षण महिला उपसमिति पाल्पाकी अध्यक्ष निर्मला न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।


राष्ट्रिय प्रतिष्ठान पाल्पाका अध्यक्ष जय प्रकाश उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका आजिवन सदस्य शिव भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update