Erani Mahal
राष्ट्रिय दलित पत्रकार संघ पाल्पाकाे भेला सम्पन्न
aa-d-1

पाल्पा- राष्ट्रिय दलित पत्रकार संघ नेपाल पाल्पा शाखाको भेला तानसेनमा सम्पन्न भएकाे छ । भेलाका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले समाजमा विद्यमान अवस्थामा रहेको जातीय विभेद अन्त्यको लागि जोडदार कलम चलाउन सुझाव दिनुभयाे ।

जातीय विभेदविरुद्ध कानुन बनेको छु उहाँले भन्नुभयाे, ुसरोरकारवाला निकायसँग जातीय विभेदका बारेमा गम्भीर छलफल र बहस सञ्चालन गरेर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ। पत्रकारले कलममार्फत खबरदारी गर्नुपर्छ।

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले संघ दलित समुदायको हकअधिकारको लागि साझा मञ्च भएको बताउनुभयाे । दलित समुदायका पत्रकारको संख्या न्यून हुनु र टिकाउन चूनौती रहेकोले राज्यको ध्यान यसतर्फ जानुपर्ने उहाँले बताउनुभयाे । सामाजिक संरचना अनुसार दलित समुदायका पत्रकारलाई अझै पनि काम गर्न कठिन हुने गरेको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयाे । सबै समुदायका पत्रकारले यस्तो विभेदका विरुद्ध एकपटक कलम चलाउनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा प्रेस संगठन नेपाल पाल्पाका संयोजक राजेन्द्र लिगल, दलित अगुवा राजेन्द्र विश्वकर्मा, ठाकुर प्रसाद लोहागुन, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दीपक विश्वकर्मा, दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेल, पूर्व अध्यक्ष तीर्थप्रसाद गौतमले समाजमा रहेको विकृति अन्त्यको लागि कलम चलाउन सुझाव दिदै नयाँ नेतृत्वलाई बधाइ तथा शुभकामना दिनुभएकाे थियाे ।

भेलाले मिलन विश्वकर्माकाे अध्यक्षमा नयाँ समिति चयन गरेकाे छ । संघको उपाध्यक्षमा डोलबहादुर विक, सचिवमा विजय बौडेल, सह-सचिवमा संगिता दर्नाल, कोषाध्यक्षमा सन्तोष गहतराज चयन भएका छन्। यस्तै सदस्यमा सुवास विसी, सुकुम नेपाली, सरिता विक, सञ्जु परियार चयन भएका छन ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update