Erani Mahal
निस्दीकाे मित्यालमा एकीकृत परिवार नियोजन शिविर
ad

पाल्पा - निस्दी गाउँपालिका मित्यालमा गएको बिहीबार एकीकृत परिवार नियोजन शिविर सम्पन्न भएको छ।

नेपाल परिवार नियोजन संघ पाल्पाको सहयोग तथा जिल्ला स्वास्थ कार्यालय पाल्पाको आयोजना र मित्याल स्वास्थ चौकीको व्यवस्थापनमा शिविर चालेको हो।

नेपाल परिवार नियोजन संघ पाल्पाका डाक्टर राकेशलाल बाज्जाराचार्यको नेतृत्वमा आएको चिकित्सकको टोलिले शिविर संचालन गरेका थिए।

शिविरमा १६ जना महिलाहरुले इम्पलान्ट तथा कपर-टी राखेको परिवार नियोजन संघ पाल्पाका सुपरभाइजर लेखनाथ ढकालले जानकारी दिनुभएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update