Erani Mahal
पाल्पामा अन्तरराष्ट्रिय स्तरको चित्रकला प्रतियोगिता
ad-d

पाल्पा– पाल्पामै पहिलो पटक अन्तराष्ट्रिय स्तरको हेग्जागन चित्रकला प्रतियोगिता तथा प्रदर्शनी भएको छ । चित्रकला संग सम्बन्धित उक्त कार्यक्रममा १४ वटा विद्यालयबाट भाग लिएका थिए । प्रर्दशन गरिएका चित्रकलाहरु सेप्टेम्बर महिनामा अमेरिकाको पेन्सिल भेनिया राज्यको स्क्रान्टन सीटी स्थीत स्टीम टाउन हलमा करिव एक महिनासम्म प्रर्दशनिमा राखिएको थियो ।


न्यू होराइजन बोर्डिङ्गको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालीकाका मेयर अशोक शाही रहनुभएको थियो । संयोजन तथा सहजिकरण न्यू होराइजन स्कुलकी काउन्सेलर तथा युवा उत्प्रेरक संगिता भट्टराईले गर्नूभएको थियो । कार्यक्रममा न्यू होराइजनका कक्षा ३ मा अध्यनरत छात्र असिम गैरे र जनता मा. वि का कक्षा १० मा अध्यनरत दिपक आले मगरले अन्तराष्ट्रीय स्तरमा पुरस्कार जित्न सफल भएका थिए ।


पाल्पा आवसीयकी मनिला श्रेष्ठ , रिभर भ्यालिका बेैभव घिमीरे, विज्डम स्कुलकी दिया बलाल, माउन्ट भ्यालीका सम्राट राना , बेथल स्कुलका सुमन सारु, न्यु होराइजनका सिमसन सारु र विजु स्कुलकी विपना दर्लामीले विभिन्न विधामा पुरस्कार प्राप्त गरेका थिए। कार्यक्रमका बरिष्ठ अतिथि तथा हेग्जागन प्रोजेक्ट अमेरीकाकी प्रतिनिधि मेरीयाना कुपर मिल्क्सले कार्यक्रमको महत्व र संस्थाको क्रियाकलापका विषयमा प्रष्ट पार्नुभएको थियो ।


नेपालका लागि अन्तराष्ट्रिय संयोजक सविन शिवाकोटीले २०२० को विषय ‘विविधता’ घोषणा गर्दै उक्त विषय माथी विधार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

जापान,अस्ट्रेलिया,इजिप्ट,कोरिया,पोल्यान्ड,प्रोर्चुगल जस्ता विभिन्न देशहरुबाट सहभागीता रहदै आएको प्रोजेक्टको फाउन्डर तथा निर्दैशक बेथ बुर्खाउसर रहनुभएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य न्यू होराइजनका सहायक प्राचार्य चन्द्रकान्त न्यौपानेले दिनुभएको थियो भने पाल्पा प्याबसनका अध्यक्ष भरत न्योैपानेले शुभकामना मन्तव्य दिदै आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।


कार्यक्रमको व्यवस्थापन किशोर खनालले गर्नुभएको थियो भने, संञ्चालन कृष्ण प्रसाद ज्ञवाली र स्कुलका प्राचार्य डासुराम पन्तको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update