Erani Mahal
पाल्पा प्रहरीद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान
२-रत्न-मा.वि.

पाल्पा – विपन्न समुदायका बालबालिकालाई पठनपाठनमा सहयोग होस् भनेर शैक्षिक सामग्री प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले स्थापना गरेको शैक्षिक बैंकमार्फत तानसेन–१३ छेलुङ्स्थित राधाकृष्ण प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

बालबालिकालाई पठनपाठनमा आवश्यक पर्ने कापी, कलम, इरेजर, कटर लगायतका सामग्री प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिनुभयो । विपन्नता र शैक्षिक सामग्री अभावका कारण बालबालिका विद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर प्रहरीले यो अभियानलाई जिल्लाव्यापी बनाएको छ ।

फाइल तस्विर ।

बालबालिका शिक्षा लिनबाट बञ्चित भए उनीहरु कुलतमा, चोरी डकैती, लागूऔषध प्रयोग जस्ता खराब काममा फस्ने हुनाले उनीहरुलाई यस्ता क्रियाकलापबाट बचाउन अभियान सार्थक बन्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update