Erani Mahal
लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा पाल्पाको एकता भेला सम्पन्न
mama

पाल्पा, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा पाल्पाको एकता भेला तानसेनमा भएको छ ।


मोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लिला बगालेको स्वागतबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एव प्रदेश सभा सदस्य तुलाराम घर्तीले उद्घाटन गर्नुभयो । उहाँले मगरहरुको बाहुल्यता रहेको जिल्लामा मगर समुदायहरु नेतृत्व तहमा पछि परेकोले मगरको विकासमा मोर्चाले भूमिका खेल्नुपर्ने बकताउनुभयो । मगरजाती सोझो र इमान्दार भएकाले आफ्नो विकास गर्न असक्षम रहेको बताउनुभयो ।


विशिष्ट अतिथि लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाका केन्द्रीय अध्यक्ष भोज विक्रम बुढामगरले मगर जाती पछाडी पर्नुको कारण आफ्नो पहिचान र आनीबानी नसुर्धादा पछि परेको बताउनुभयो ।


नेकपा पाल्पाका अध्यक्ष तथा प्रदेश सांसद नारायण प्रसाद आचार्यले लोकतान्त्रिक मगर मोर्चाले जिल्लाको मगरहरुका विकास र उत्थानमा क्रियाशिल बन्दै जानुपर्ने बताउनुभयो । उहाँले पश्चिम पाल्पामा लोप हुँदै गएको भाषा र संस्कृतिको जर्गेनामा लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय मगर संघ ५ नं. प्रदेश इन्चार्ज लिला राना, पाँच नं. प्रदेश संयोजक डिबी पुन, लोकतान्त्रिक राष्ट्रिय मगर संघ केन्द्रीय सदस्य तथा तिनाउँ गापा अध्यक्ष ओमबहादुर घर्ती मगर, नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहर सिंह राना, नेकपा जनजाति फाँट पाल्पाका संयोजक नविन थापा, नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेजबहादुर घर्ती लगायतले शुभकामना दिनुभयो ।

दिलबहादुर गाहाको संयोजकत्वमा ३५ सदस्यीय नयाँ कार्यसमितिको चयन
भेलाले दिलबहादुर गाहाको संयोजकत्वमा ३५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपसंयोजक हुमा सूर्यबंशी, सदस्यहरुमा निरज सुनारी, थर्कबहादुर कामुस, चिन्तबहादुर बराल, चेतबहादुर राना, जितेन्द्र गाहा, देबबहादुर थापा शिवकुमारी गाहा, भीमबहादुर राना रहनु भएको छ ।

यस्तै ढालबहादुर उचै गोबिन्द थापा, ऋषिराम बुढा, रिमा खाम्चा, बलबहादुर सारु, फम्फा थापा, सोम बहादुर घर्ती, लाल मने पुने, अमर राना, गणेश राना, दलबहादुर रास्कोटी, माया चिदी, यमबहादुर जर्घा, बलबहादुर गाहा, मुक्त बहादुर सिंजाली रहनुभएको छ ।

यसै गरी सदस्यमा नरबहादुर सुनारी, सुनिता राना, डम्बर गाहा, देबु तलामी, विमा गाहा, माया थापा, राधिका सोमै, दिलकुमारी सिंजाली, झकबहादुर सोमै र टेमबहादुर बगाले रहनु भएको छ ।
नेकपा एमालेको लोकतान्तिक मगर संघ र नेकपा माओवादी केन्द्र्रको नेपाल राष्ट्रिय मगर मुक्ति मोर्चा बीच एकिकरण भए पश्चात बनेको भातृ संगठन लोकतान्त्रिक राष्टिय मगर मोर्चा गठन भएको थियो ।
कार्यक्रम अध्यक्षता जिल्ला संयोजक दिलबहादुर गाहा र संचालन सह संयोजक हुमा सूर्यवंशीले गर्नुभएको थियो ।

शहिद परिवार र संस्थापकलाई सम्मान
कार्यक्रममा शहिद परिवार खिमकुमारी गाहा (शहिद कृेवल गाहाको आमा) र लोकतान्तिक मगर संघका संस्थापक अध्यक्ष ओमबहादुर घर्ती मगर, राष्टिष्य मगर मुक्ति मोर्चाका संस्थापक अध्यक्ष तुलाराम घर्ती मगरलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update