Erani Mahal
भैरवस्थान क्षेत्रमा बजार अनुगमन : म्याद गुज्रेका र अखाद्य बस्तु फेला !
DSC_1046

पाल्पा – जिल्लाको रिब्दीकोटस्थित भैरवस्थान क्षेत्रमा बजार अनुगमन गरिएको छ । रिब्दीकोट–४, भैरवस्थान क्षेत्रमा अखाद्य बस्तु बिक्री भए/नभएको बारेमा बुझ्न बजार अनुगमन गरिएको हो । बजारमा अखाद्य बस्तु बिक्री वितरण भईरहेको गुनासोका आधारमा भैरवस्थान मन्दिर परिसर र बजार क्षेत्रमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अघिकृत बालकृष्ण गैरेले जानकारी दिनुभयो ।

मंगलबार गरिएको बजार अनुगमनमा क्रममा गुणस्तहिन भनेका घ्यु बरामद गरिएको छ । दिनहुँ यहाँ आउने हजारौं भक्तजनलाई बिक्री गरिने रोटमा प्रयोग गरिने घ्यु गुणस्तरहिन भएको गुनासो बढेको छ । अनुगमनका क्रममा लेबल नभएको पेय पदार्थ र म्याद गुज्रेका खाद्य सामग्री समेत भेटिएको छ ।

भैरवस्थान मन्दिर परिसरमा रहेका पसल र सडक छेउमा गरिएको अनुगमन गरिएको थियो । म्याद गुज्रेका सामग्रीलाई नष्ट गरिएको र गुणस्तरहिन भनिएको लक्ष्मी घ्युको परीक्षण गर्न गुणस्तर तथा नापतौल विभाग भैरहवमा पठाइएको छ ।

अनुगमनमा प्रहरी, प्रशासन, व्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । त्यस क्षेत्रमा गुणस्तरहिन सामग्री बिक्री वितरण भईरहेको गुनासोका आधारमा अनुगमन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update