Erani Mahal
पू्र्वमन्त्री पाण्डेयकाे पर्यटन र सडकका ठूला याेजना प्राथमिकता
DSC_0940-1

पाल्पा – पूर्व उद्योग मन्त्री एवं संघीय सांसद सोमप्रसाद पाण्डेयले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विभिन्न योजनालाई बजेट विनियोजन गर्नुभएको छ । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरेर उहाँले तानसेनकाे पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्न र अन्य क्षेत्रका सडक निर्माण गर्न ठूला योजना बनाएर बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

तानसेनलाई पर्यटकीय स्थल बनाउन पूर्वाधार निर्माण गर्न २ करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको सांसद पाण्डेयले जानकारी दिनुभएको छ । तानसेन भित्र पर्यटकले देख्ने गरी ‘तानसेन’ नामक विद्युतीय धातु निर्माण गर्न ५० लाख, व्यायाम केन्द्रका लागि ५० लाख, कर्णेल उजिर सिंह थापाको शालिक निर्माण गर्न ५० लाख, प्रभास आँप बगैँचा तथा योग केन्द्र निर्माण गर्न १९ लाख ६० हजार विनियाेजन भएकाे उहाँले बताउनुभयाे । यी याेजनाले पर्यटकलाइ आकर्षित गर्ने उहाँकाे भनाइ छ ।

यस्तै बाँसटारी झडेवा सडकको सालघारी सडक बिस्तार गर्न १० लाख, जोर्ते लुहुङ् चण्डीभाङ्ज्याङ् बतासेडाँडा मोटरबाटोका लागि १० लाख बजेट विनियोजन गरिएको छ । तानसेन मुख्यत पर्यटकीय क्षेत्र भएकाले साेही अनुसार बजेट विनियाेजन गरेकाे उहाँले उल्लेख गर्नुभयाे ।

यस्तै तानसेनभित्रकै महेन्द्रबोधी माविको भवन निर्माण गर्न १० लाख, डुम्रेपुल रेलिङ् निर्माण गर्न १० लाख र तानसेनको लालिगुँरास टोलको बाटो निर्माण गर्न १० लाख बजेट पूर्वाधार विकास समितिले विनियोजन गरेको पत्रकार सम्मेलनमा सांसद पाण्डेयले जानकारी दिनुभयो ।
बगनासकाली गाउँपालिकाका विभिन्न योजनाका लागि ९० लाख बजेट विनियोजन गरिएको छ । बगनासकाली गाउँपालिकाका बूलठाके देउराली दोबाटो मोटरबाटो कालोपत्रका लागि ५० लाख, चन्द्र मावि भवन निर्माणका लागि ३० लाख, धारादी खेल मैदान निर्माण गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।

तिनाउ गाउँपालिकाको गाउँपालिका भवनदेखि तिनाउ खोलासम्म कालोपत्र सडक निर्माण गर्न ५० लाख र ओखलढुंगा सालधारा खेलमैदानका लागि २० लाख गरी ७० लाख बजेट विनियोजन गरिएको छ ।

सांसद पाण्डेयका अनुसार रिब्दीकोट गाउँपालिकाभित्रका विभिन्न योजनाका लागि ६५ लाख विनियोजन गरिएको छ । रिब्दीकोटका बतासे फेक मोटरबाटो कालोपत्रे बनाउन ४० लाख, लघुवा खेलकुद कभर्डहल निर्माण गर्न १५ लाख र सामुदायिक भवन (मैनादी) १० लाख बजेट विनियोजन गरिएको छ ।

रैनादेवी छहरा गाउँपालिकाभित्रका विभिन्न योजनाका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । रैनादेवी छहरा गाउँपालिकाभित्रको हार्थोक छहरा, मोटरबाटो स्तरउन्नतिमा लागि ५० लाख, मोहोरे, मग्रान, मनभाग मोटरबाटो, धजाबान्ने सोमादी मोटरबाटो, छचुवा मनभाग मोटरबाटो, अमलाबास मोठ उर्लेनी मोटरबाटोका लागि १०/१० लाख बजेट विनियोजन गरिएको छ । पाण्डेयले विकट क्षेत्रका जनताका माग अनुसार रैनादेवी छहरामा धेरै बजेट विनियाेजन गरेकाे जानकारी दिनुभयाे ।

दिग छेउखान, भैसीखोला सर्देवा मोटरबाटो, गुहारठाना भुटुक्से, चहली छेडा मोटरबाटो, मेहलढाप सोमरेटोला रिपटोला बेतनी मोटरबाटोका लागि पनि १०/१० लाख बजेट विनियोजन गरिएको छ । रैनादेवी छहराकै काउले चहला मोटरबाटो र जुठा धलेनडाँडा खड्केनी मोलाडाँडा मोटरबाटोका लागि पनि १०/१० लाख बजेट विनियोजन गरिएको सांसद पाण्डेयले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उहाँले सबैकाे सल्लाह र सुझावले बजेट कार्यान्वयनमा सहज हुने बताउनुभयाे ।

कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का नेकपा निकट नेता, कांग्रेसका नेता, पत्रकार, बुद्धिजीवि गाउँपालिकाका अध्यक्षहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा पत्रकार तथा अन्य सराेकारवालाले याेजनाका बारेजमा जिज्ञासा र सुझाव राख्नुभएकाे थियाे ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update