Erani Mahal
पत्रकार महासंघ पाल्पाकाे स्थापना दिवस मनाइयाे
DSC_0912-1

पाल्पा – नेपाल पत्रकार महासंघ पाल्पा शाखाको २७ औं स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम शनिबार तानसेनमा सम्पन्न भएको छ । महासंघको स्थापना दिवसमा बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारहरुको गरिमा बढे पत्रकार महासंघको गरिमा उच्च रहने बताउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका शर्माले पत्रकारहरु मर्यादित भएर पेशाप्रति लाग्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सबै पत्रकारहरु मिलेर संस्थागत हितमा लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै महासंघकै पूर्वअध्यक्ष भवान भण्डारीले पत्रकारहरुले आ–आफ्नो समूह बनाएर पत्रकारकै बिरुद्धमा बोल्न छाड्नुपर्छ भन्नुभयो । कार्यक्रममा प्रेस संगठनका केन्द्रीय सदस्यद्वय रेखीराम राना, कमलराज तिमिल्सेना, प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य देव पचभैंयाले धारणा पत्रकारिताका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रेस संगठनका जिल्ला संयोजक राजेन्द्र लिगल, जनचेतना दैनिकका प्रधानसम्पादक जगदीश भट्टराई, पत्रकार नारायण न्यौपाने, विष्णु प्रसाद घिमिरे लगायतले मनतव्य राख्नुभयो । कार्यक्रम महासंघका अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव किरण कौशलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update