Erani Mahal
पूर्व सचिव श्रेष्ठकाे श्रद्धाञ्जली सभा
81856132_1214311962099990_3045389682700451840_n

पाल्पा - रामपुर नगरपालिकाको आयोजनामा स्व.शान्त बहादुर श्रेष्ठको ९ औं दिनको पुण्य तिथिमा कालीगण्डकी नदी किनार केलादीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा कालीगण्डकी उपत्यकाका पाल्पा,स्याङ्जा र तनहुँ जिल्लाका बिभिन्न क्षेत्रका नागरिकको उपस्थिति थियो ।

सभामा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले स्व शान्ता बहादुरले यो क्षेत्रमा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै उहाको विकासको सपनालाई साकार पार्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरेर सबै मिलेर कामलाई सार्थक बनाउनुपर्ने बताउनुभयो । शान्त बहादुर श्रेष्ठले काली वारि र पारीका हरेक काममा जनतालाई गरेको सहयोग र भावी केही गर्ने योजनालाई अगाडि बढाउदै रामपुर उपत्यका मिलेर मात्र विकास संभव छ भन्ने भावनाको सिकाई सबैमा भएको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले शान्त बहादुर श्रेष्ठ नेपालकै कुशल प्रशाशक मध्य रहेको स्मरण गर्दै उहाको लगन र योगदानले यश क्षेत्र अगाडि बढेको बताउनुभयो ।

रामपुर नगरपालिका समन्वय समितिका सदस्य राजु प्रसाद श्रेष्ठले पार्टीको राजनिती एकातर्फ भएपनी विकासमा सबै मिलेर गर्नुपर्ने शान्त बहादुर श्रेष्ठको भावनाले पनि विकासमा आफुहरु एकजुट भएको उल्लेख गर्नुभयो । नगरपालिकामा समन्वय समितिको बिकासको स्मरण गर्दै उहाको देन पनि समिती भएको दोहोर्‍याउनु भयो ।

रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकाल,चापाकोट नगरपालिकाका नगर सल्लाहकार ज्ञानेस्वर बस्ताकोटी, नेकपाका रामपुर अध्यक्ष कमल भट्टराई, घिरिङ्ग गाउपालिकाका तारानाथ पोखरेल हामीलाई नै हौसाउने व्यक्ति गुमाउनु परेको अबस्थामा उहाप्रति श्रद्धाञ्जली तथा
परिवारमा समवेदना व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जली सभाको संचालन रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाणले गर्नुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update