Erani Mahal
रामपुरका दुई विद्यालयको पुर्ननिर्माण सम्पन्न : मन्त्री बरालद्वारा उद्घाटन
f

पाल्पा– जिल्लाको रामपुरमा भुकम्पले भत्काएका दुईवटा विद्यालयको पुर्ननिर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण अन्तर्गत निर्माण सम्पन्न २ विद्यालयको चारकोठे भवनको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको छ ।


पाल्पाको रामपुर नगरपलिका ७ को आधारभुत मा वि र ६ को नवदुर्गा मा बि मा निर्माण सम्पन्न भवनको उद्घाटन गर्नुहुदै सामाजिक बिकास मन्त्री बरालले अब प्राविधिक र जटिल मानिने बिषयमा थप कक्षा नचलाउने हो भने शिक्षामा गुणस्तर खोज्न नसकिने बताउनुएको छ । प्रविधिक शिक्षामा आकर्षण बढेको छ बरालले भन्नुभयो ।

सोही अनुसार शैक्षिक सस्थाले आफुलाई परिस्कृत नगर्ने हो भने सिकाई उपलब्धी पाउन सकिँदैन । उहाले प्रदेश सरकारले बिज्ञान बिषय पढ्ने छात्रालाई छात्रवृत्तिको व्यवस्था गरेको बताउदै अब आगामी बर्षदेखी कक्षा ८ बाटै जटिल बिषय अङ्ग्रेजी, गणित र बिज्ञानलाई थप कक्षा चलाउने गरि सहयोगको कार्यक्रमको योजना तयार गरिरहेको बताउनुभयो ।

शिक्षकको सिकाई विद्यार्थीमा ट्रान्सफर नगरेसम्म सिकाई उपलब्धी नहुने भन्दै सिकाइमा जोड दिन बरालले आग्रह गर्नुभयो । आधारभुत मा बि का अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साम्सद युवराज खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा,राष्ट्रिय पुनर्निर्माण जिल्ला कार्यान्वयन इकाई पाल्पाका प्रमुख लक्षमण देवकोटा,नेपाली काग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपाका इन्चार्ज राजु प्रसाद श्रेष्ठ,रामतुलसी माबिका प्र अ. बालकृष्ण लम्साल लगायतले बोल्नुभएको थियो ।

बिद्यालयका पेअ अ रुपनाथ गौतमले राष्टिय पुनर्निर्माण भवनको गतिबिधी प्र अ रुपनाथ गौतम फागुन १ देखि भवन निर्माण सुरु गरि ६९ लाख२६ हजार१ सय ७६ रुपया ९ पैसामा निर्माण सम्पन्न गरेको बताउनुभयो । २०४५ चैत २७ मा स्थापना भएको आधारभुत माबिमा
२०७४ देखि प्राबिधिक धारमा कक्षा ९(१२ मा भेटनरी पढाई हुँदै आएको छ । पशु प्राबिधिक तर्फ ६ सहित २० दरबन्दी विद्यालयमा छ ।


भेटनरी ल्याब शुरु पनि छ । आइसिटी ल्याब पशु फर्म संचालन गर्न सक्न्ने गरि अगाडि बढेकोले सहयोगको अपेक्षा गरेको गौतमले बताउनुभयो ।


यसैगरी, रामपुर नगरपालिका ६ को नवदुर्गा माध्यमिक विद्यालयमा नवनिर्मित चारकोठे भवन निर्माण प्राधिकरणको ७० लाखको लागतमा निर्माण भएको हो । फागुन तेस्रो साता नेपाल सरकारका पुर्व सचीव शान्त बहादुर श्रेष्ठले शिलान्यास गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेज्ह साम्सद युवराज खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याल,सस्थापक देवराज ढकाल, पुनः निर्माण शिक्षा इकाइका प्रमुख लक्षण देवकोटा, नेकपाका नगर अध्यक्ष कमलराज भट्टराईले बोल्नुभएको थियो । प्रधानाध्यापक भानुभक्त न्यौपानेले भवन निर्माण र अबस्था बारे जानकारी दिनुभयो ।


२०७२को भुकम्पमा प्रभावित ३१ जिल्ला मध्य कम प्रभावित पाल्पामा ५२६ कोठा क्षती भएकोमा २ सय ९३ निर्माण गरिएको र २ सय३३ कक्षा निर्माण गर्न बाकी रहेको जिल्ला इकाइ प्रमुख देवकोटाले जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update