Erani Mahal
रामपुरमा सुइमिङ् सुबिधासहित हाेटल संचालन
80304010_453843881962786_3267257973700820992_n

पाल्पा - रामपुरमा स्वीमिङ पुल, ८ सय बढी क्षमताको हल सहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । भिजिट नेपाल २०२०(नेपाल भ्रमण वर्ष)लाई मध्यनजर गर्दै शहरउन्मुख रामपुरमा निर्माण सम्पन्नपछि अङ्ग्रेजी नयाँ वर्षको अवसरमा प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले होटेलको उद्घाटन गर्नुभयो ।

होटेलको समुद्घाटन गर्दै मन्त्री बरालले विकासको लागि पर्यटन अपरिहार्य रहेको र पर्यटनको लागि होटल एक पूर्वाधार भएको बताउनुभयो । पूर्वाधार विना पर्यटनको विकास सम्भव छैन बरालले थप्नुभयो -होटल व्यवसायले यस क्षेत्रको आर्थिक विकास र समृद्धिमा टेवा पुर्‍याउने बताउनुभयो। रामपुर आफैमा सुन्दर एक उर्वर भूमी हो, यहाँ पर्यटनको राम्रो सम्भावना छ त्यसैले पर्यटनका गतिबिधी बढाउनुहोस् हामी सहयोग समन्वय सदैव गर्नेछौ । रामपुर अस्पतालको भवन निर्माण, कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्गको निमार्ण सम्पन्न भए संगै यहाँको चहलपहल बढ्ने उहाँको भनाई थियो ।

पाल्पाको पर्यटन विकास र शहर उन्मुख रामपुरको आवश्यकतालाई मध्यनजर गर्दै ३ करोड ५० लाखको लागतमा नमस्ते पाल्पा होटेल तथा रेष्टुरेण्ट एवं पार्टी प्यालेस सञ्चालनमा आएको हो . रामपुर नगरपालिका वडा नं ५ बेझाड खेत नमस्ते पथमा स्थानीय युवा कमल पाण्डे र शिव पाण्डे (दाजुभाइ)ले होटेल संचालनमा ल्याउनुभएकाे हाे । कार्यक्रममा प्रदेश नं. ५ का सांसद युवराज खनालले व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा नयाँ आयाम थप्ने कार्य होटेलले गरेको बताउनुभयो।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका यहाँको पर्यटन प्रवद्र्धनमा निरन्तर लागि रहेको समयमा होटेल तथा अन्य व्यवसायमा युवाहरुको आकर्षण बढ्नु सुखद् पक्ष रहेको बताउदै यस्ता व्यबसाय फस्टाउनुपर्नेमा जोड दिनुभयो। रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिको लागि निजी क्षेत्रको प्रयासले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

होटल शुभारम्भका अवसरमा ३ दिन सम्म राष्ट्रिय कलाकारको दोहोरी गीत प्रस्तुति संगै मौलिक प्रतिभा र कला केन्द्रको नाच रहनेछ । आफ्नै तीन रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिएको होटेल ४ तलाको छ । ४ वटा एसी रुम, १२ वटा एट्याज रुम र ८ सय भन्दा बढी क्षमताको सभाहल, टप रेष्टुरेण्ट, स्वीमिङ पुल, पार्किङको राम्रो सुबिधा रहेको होटेल सन्चालक शिव पाण्डेले बताउनुभयो।
होटेल संचालक कमल पाण्डेको अध्यक्षतामा भएको होटेल उद्घाटन कार्यक्रममा अर्का सन्चालक शिव पाण्डेले स्वागत गर्दै होटेलको बारेमा जानकारी गराउनुभएको थियो भने संचालन सीता डोटेलले गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update