Erani Mahal
पाल्पाको प्रवेशद्वार तिनाउँमा पर्यटकलाई बाजा सहित स्वागत
b

पाल्पा– जिल्लाको तिनाउँ गाउँपालिकाले भ्रमण वर्षको पहिलो दिन पाल्पा प्रवेशद्वारमा पर्यटक स्वागत कार्यक्रम गरेको छ ।

पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पाल्पा प्रवेशद्वार तिनाउँको तल्लो सिद्धबाबा नजिक गेटमा पञ्चवाजा सहित पर्यटकलाई फुलमालाले स्वागत गरिएको छ ।


प्रमुख अतिथि पाण्डेले पर्यटकीय देश नेपालको पनि उत्कृष्ठ पर्यटकीय गन्तव्यहरु रहेको पाल्पामा घुम्न आउन र त्यसको व्यवस्थापनमा लाग्न सबैको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा देश तथा विदेशमा रहनुभएको नेपालीको सहयोगले सम्भव रहेको बताउनुभयो ।


कार्यक्रममा तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष प्रेम पाण्डे, सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङ्ग, तल्लो सिद्धबाबाका अध्यक्ष लवकुश श्रेष्ठ लगायतले पर्यटन वर्ष सफल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update