Erani Mahal
पूर्वखाेलामा दीप प्रज्वलन गरेर भ्रमण वर्षकाे स्वागत
80904097_613728926068590_572296042775576576_n

पाल्पा - नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाइ लक्षित गरेर पूर्वखाेलामा विद्यार्थीहरूले दिप प्रज्वलन गरेर भ्रमण वर्षलाइ स्वागत गरेका छन् । उद्बुद्ध कलेज स्वतन्त्र बिध्यर्थी युनियनले आयोजना गरेको पाँच दिने कार्यक्रमकाे पहिलाे दिन भ्रमण वर्षलाइ दीप प्रज्वलन गरेर स्वागत गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले नेपाल भ्रमण वर्षको अवसरमा सबैले आफ्नो क्षेत्रबाट सहयाेग गर्नुपर्ने बताउनुभयाे । उहाँले खेल र संस्कृतिकाे माध्यमबाट पर्यटक भित्र्याउन सकिने भन्दै विद्यार्थीलाइ रचनात्मक काम गर्न भन्नुभयाे ।

कार्यक्रममा पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाइ, पूर्वखोला गाउँपालिका वडा न ३ वडा अध्यक्ष निलकण्ठ भट्टराइ, उद्बुद्ध कलेज प्रमुख शुशिल न्यौपाने, उद्बुद्ध माबि प्रध्यानाध्यापक लोकहरी द्वेकोटा लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

उद्घाटन कार्यक्रम हिक बहादुर ठाडाको स्वागत स्वबियु सद्स्य दुर्गा कँवरको संचालन तथा स्वबियु सभापति नबिन आचार्यको अध्यक्षतामा चलेको थियो । १५ गते हुने भनिएकाे हाजिर जवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता भने १४ गते नै सकिएको थियो ।

प्रतियोगितामा शैक्षिक कार्यक्रम तर्फ भएको विद्यालय स्तरिय हजिरी जवाफ प्रतियोगितामा सरस्वती माबि जल्पा प्रथम, गणपति मावि बिरकोट द्वितीय र जनप्रिय मावि हेक्लाङ तृतीय भएकाे थियाे ।

चित्रकला तर्फ रम्भा मावि ताहु प्रथम, जनमार्ग माबि सिलुवा द्वितीय र उद्धबुद्ध मावि रिङ्नेरह तृतीय भएका छन् । १६ देखि १८ सम्म खुल्ला कृकेट प्रतियोगिता हुने भएकाे छ । खुल्ला व्याडमिन्टन प्रतियोगिता ( डवल) हुने भएकाे छ पुस १९ गते शनिबार सास्कृतिक कार्यक्रम अन्तरगत खुला एकल गायन प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता साथमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयाेजकले जनाएकाे छ ।

कार्यक्रममा लाेक दाेहाेरी गायक श्रीदेवी देवकाेटा, राष्ट्रिय लोक दोहोरी गायक मेक सारु मगर, राष्ट्रिय लोक दोहोरी गायिका तथा मोडल मुना थापा मगर, यन प्रसाद न्यौपाने, महेन्द्र ढकाल, पाल्पा लाेक आईडल २०७५ धनमाया दिसुवा मगर, हास्य कलाकार नारायण बस्याल साथै सुमित घिमिरेकाे प्रस्तुती रहने आयाेजक स्ववियु सभापति नविन आचार्यले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update