Erani Mahal
गुल्मीमा गाउँपालिका सहित तीन संस्थामा ताेडफाेड र चाेरी
1556160608.chori_photo-2

गुल्मी - गुल्मीको रूरूक्षेत्र गाँउपालिका सहित तीन संस्थाहरूमा ताेडफाेड गरी साढे सात लाख चाेरी भएकाे छ । साेमबार राति अज्ञात समूहले गाँउपालिकाकाे ताला ताेडि अध्यक्ष निलकण्ठ गाैतम र उपाध्यक्ष लक्ष्मीदेवि पन्थकाे कार्यकक्षकाे दराज फुटाएका हुन् ।

गाँउपालिका उपाध्यक्षकाे कार्यकक्षमा अनुसन्धानकाे लागि राखेकाे दुई लाख ५० हजारकाे चेक चाेरले लगेकाे गाँउपालिकाका स्वास्थ्य संयाेजक छत्र अधिकारीले बताउनुभयाे । तर गाँउपालिकाका कम्युटर, कागजपत्र लगायतका सामग्रीहरू भने सुरक्षित रहेकाे उहाँले बताउनुभयाे ।

त्यसैगरी मैत्री सहकारीमा पनि ताेडफाेड भएकाे छ । कार्यालयमा रहेकाे पाँच लाख ९२ हजार चाेरी भएकाे छ भने आइएम्ईमा पनि ताेडफाेड भएकाे छ । बाहिर कुनै रकम नभएकाेले रकम भने हराउन नपाएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । केही दिन पहिले मालिका गाँउपालिका ७ घमिरमा पनि कार्यालय ताेडफाेड गरी ३० हजार चाेरी भएकाे थियाे । पछिल्लाे समय गुल्मीमा चाेरीका घटना बढ्न थालेसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरीले भने चारैतर्फ निगरानी बढाएकाे प्रतिक्रिया दिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update