Erani Mahal
रानपाका कर्मचारीलाई अभिमुखीकरण
80670000_2983294811704035_4109124649512599552_n

पाल्पा - रामपुर नगरपालिकाको आयोजनामा प्रशासन व्यबस्थापन तथा वास कार्यक्रम सम्बन्धी अभिमुखिकरण तालिम रामपुरमा भएको छ । होटेल नमस्ते पाल्पामा भएको कार्यक्रममा भएको गोष्ठीमा नगरपालिकाका वडा अध्यक्ष, वडा सचिव, प्रशासनिक, वासका,पन्जिकरण, नव नियुक्त कर्मचारीको सहभागिता थियो ।

तालिममा कार्यालयको प्रशासनिक फाँट तर्फको प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले, आर्थिक प्रशासन तर्फको लेखा अधिकृत रेनुराम ज्ञवाली, योजनाका बिषयमा योजना सहजकर्ता कपिल बहादुर खाण,प्राबिधिक पक्षका बारेमा प्राविधिक प्रमुख कृष्ण बहादुर थापाले कृषि तर्फको कृषि शाखा प्रमुख रामहरी पाण्डे र पशु सेवा तर्फ पशु सेवा प्राविधिक मोहन भट्टराईले सहजिकरण गर्दै नागरिकको सेवामा राष्टको नियम कानुन र हितमा रहेर काम गर्नुपर्नेमा जोड दिन आग्रह गर्नुभएको थियो ।

कर्मचारीले सिकाई र आएका अफ्ठ्यारा बिषय बस्तुमा सवाल राखेका थिए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालको अध्यक्षतामा भएको तालिमको शुभारम्भ गर्दै नगरप्रमुख रमण बहादुर थापाले जनप्रतिनिधि र कर्मचारी मिलेर नागरिकको सेवामा सहजपना र राज्यको नीति ऎनलाई टेकेर काम गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले नागरिकको सेवामा नगरले कुनै कसुर नछोड्ने बताउदै यस्तै विचारले मात्र संभव हुने हुदा सबैले सकारात्मक रिजल्ट दिने गरि काम गर्न अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update