Erani Mahal
रिडीमा दोश्रो रुरु महोत्सव हुने
ridi-mela-5a62b7b68dfe85.99394103

पाल्पा - झण्डै एक दशक पछि रिडीमा दोश्रो रुरु महोत्सव हुने भएको छ । यही पौष २९ देखि माघको ९ गते सम्म १० दिन दाेस्राे रूरू महोत्सवको आयोजना गरिएकाे गुल्मी उद्योग वाणिज्य संघको रिडी शाखा तथा रुरु फ्रेन्डस क्लबले जनाएकाे छ ।

नेपाल भ्रमण वर्ष २०२० लाइ सफल बनाउन महाेत्सव गर्न लागिएकाे रुरु फ्रेन्डस क्लबले जनाएकाे छ । महोत्सवमा रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । महाेत्सवबाट भएकाे आम्दानीले रिडी क्षेत्रकाे विकासमा लगाइने आयाेजकले जनाएकाे छ ।

महोत्सव सफल बनाउन तयारी तीव्र पारिएकाे छ । महाेत्सव भव्य रूपमा सम्पन्न गर्न मूल आयाेजक समिति र अन्य उपसमिति निरन्त क्रियाशिल रहेकाे छ ।

संक्रान्ति मेला माघ १ गतेदेखि

माघ १ गतेदेखि ५ गतेसम्म यहाँ परम्परादेखि नै विशेष मेला लाग्ने गरेकाे छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाकाे संगमस्थल रिडीमा संक्रान्ति मेला लाग्ने गरेकाे छ । विभिन्न जिल्लाबाट यहाँ भक्तजनहरू नुहाउनका लागि आउने गरेका छन् भने उनीहरू मेलामा समेत सहभागी हुनेछन् । संक्रान्तिका अवसरमा विभिन्न जिल्लाबाट स्थानीय रूपमा उत्पादन भएका सामग्री लिएर बिक्रीका लागि समेत आउने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update